विधानको अक्षरश पालना हुनुपर्छ अन्यथा समानान्तर कमिटी बनाएर जान्छाै: नेता रावल
काठमाडौं । नेतृत्व चयन गर्न नसकेर विवादका माझ २२ औं राष्ट्रिय सम्मेलनलाई स्थगित गरेको अखिल (क्रान्तिकारी) यतिबेला चरम सांगठनिक संकटमा परेको छ ।
विवादका कारण समानान्तर कमिटीको अभ्यासको तयारी थालेको अखिल (क्रान्तिकारी) एक सदस्यीय बन्न पुगेको छ । विवादपछि कसरी अगाडी बढ्दैछ अखिल (क्रान्तिकारी) भन्ने विषयमा निवर्तमान कोषाध्यक्ष केशव रावलसंग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश:
अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रीय सम्मेलनमा विधान मिचेर कमिटी घोषणा गर्न खोज्दा केही समस्या आएको छ । केन्द्रीय समिति चयन नगरी पदाधिकारी मात्र घोषणा गर्न खोजिएको थियो यो प्रक्रिया रोकिदिएका छौं र विधान अनुरुप जाऔं भनेका हौं यसैमा पञ्चा सिंहको समुहले मनपरी गर्न खोज्दा विवाद उत्पन्न भएको हो ।
संगठनको अध्यक्षमा पार्टीले नै निर्णय गरेर पठाएपछि हामी त्यसमा सहमत नै छौं तर केही घण्टा अगाडी मात्र पारित विधान मिचेर पदाधिकारीको नाम मात्र घोषणा गर्ने भनेपछि विवादमा गएको छ । पञ्चा सिंहको समूह यसअघि नै संगठनको तल्लो कमिटीदेखि नै प्रतिपक्षी दलले खेल्ने जस्तै भूमिकासहित उहाँहरुले संगठनमा काम गर्नुभयो। प्रचण्ड भनेको जनार्दन शर्मा र पार्टी भनेको पनि जनार्दन शर्मा भन्दै २१ औं राष्ट्रीय सम्मेलन देखी हाल सम्म उहाँहरुको समुहले काम गर्दै आएकै थियो । अहिले पार्टीका नेताहरुसंग उहाँले (पञ्चा सिंह) पार्टी निर्णय र अध्यक्षको भन्दा अन्य कुनै गुटमा छैन भनेर लिखित रुपमा प्रतिबद्धता व्यक्त गर्न तयार छु भन्नु भएको छ त्यसैले हामी उहाँको अध्यक्षता मान्न तयार भएका हौँ। म कुनै गुट वा नेताको पछि नलागि संगठनमा सिर्जित सबै मनोभावनालाई समेटेर काम गर्छु भनेपछि सबै हिसाबले उहाँलाई अध्यक्ष मान्ने सहमति जुटेको हो ।
२१ औं राष्ट्रिय सम्मेलन प्यानल बनाएरै निर्वाचन गरिएको हो । त्यसमा मुख्यतः ४ मनोविभावना थिए तर चुनाव हुँदा त २ नेताको नाम लिएर प्रष्ट टिममा चुनाव लडियो यो विषयले संगठन निर्माणमा गुट उपगुट जन्मिए र सांगठनिक अराजकता जन्मियो भन्ने पार्टी र संगठन भित्रको पनि एकमतको बुझाईपछि अन्ततः हामी सहमतिमा नेतृत्व चयन गर्दै आन्दोलनलाई एकिकृत गर्ने र थप सुदृढ गर्ने पक्षमा उभिन पुगेका हौं । तर आफ्ना मान्छे जसरी पनि पार्नै पर्ने चिन्ताका कारण सम्मेलन हलबाट पारित विधान कुल्चने कोसिस गरियो, यहिबाट विवादको सुत्रपात भएको हो । २५ सदस्यीय पदाधिकारी र १९९ को केन्द्रीय समिति बनाउने विधान पास गर्ने अनि आफूअनुकुल मान्छे भर्ति गर्न जथाभावी गर्न खोज्दा समस्या आएको हो । हामीले भनेका छौं विधानलाई अक्षरशः पालना गरौं । संगठन निर्मण गर्दा मनोभावनालाई पनि समेटेर निश्चित मापडण्ड बनाएर कमिटी बनाउँ ।
एउटा उदाहरण भनौ:- केपी ओलीले संविधान कुल्चदै संविधान सभा विघटन गरे जस्तै हाम्रो संगठनमा पनि विधान मिचेर १ सदस्य वनाइ संगठन विघटनको दिशामा पुर्याइएको छ । हामीले तुरुन्त यो समस्या समाधान गरौं भनेका छौं ।
बहुमत प्रतिनिधिहरुको मनोभावना समेट्न र संगठनको गरिमा र अस्तित्वको लागि सहज बाटो हिड्न दिइएन भने अप्ठ्यारो बाटो पनि तय गर्नु पर्ने हुन्छ । त्यो भनेको के हो भने १ का विरुद्ध २ (समानान्तर संगठनको अभ्यास) । सकभर हामी यो अभ्यासमा जाने पक्षमा छैनौं । तर, बाध्यत्मक अवस्थामा संगठनको अस्तित्व गरिमा बचाउन यो आवश्यक हुनसक्छ । सतप्रतिशत प्रतिनिधिले विधान लागु गरौं भन्नु भएको छ । विधि विधानबाहिर जान खोजिएमा जस्तोसुकै कदम चाल्ने पक्षमा छौं । एक जनालाई संगठन भन्न त मिल्दैन, संगठन भनेको के हो भने दुई वा दुई भन्दा बढी ब्यक्ति मिलेर निश्चित विधि, विधान र मापदण्डलाई सगोलमा स्विकार गर्दै बनेको एक समूह हो । आज अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी विघटन जस्तै भएको छ । संगठनमा एकजना अध्यक्ष मात्र छ । त्यो पनि सपथ भएर आधिकारिक बनेको अवस्था होइन् । यसले हामिलाई लज्जित वनाएको छ । उहाँले पनि म अध्यक्ष हुँ भन्नलाई लाज मान्नुपर्ने हो संगठनको जिवनमा कहिल्यै नभएको र अव पनि हुन नसक्ने घटना घटेको छ । संगठन एक सदस्यीय त हुनै सक्कदैन । आज अखिल क्रान्तिकारी विघटित छ र नयाँ ढंगले पुन:गठन गर्नुपर्ने छ । यो हाम्रो लागि पिडा र लज्जाको विषय हो ।
हाम्रो संगठनमा निर्वाचनको अभ्यास पनि भएको छ । म आफै कोषाध्यक्षमा निर्वाचित भएरै आएको हो । त्यो निर्वाचनले गुटको ठूलो अभ्यास भयो । निषेधका लागि निषेध भयो भन्ने कुरा पार्टीले पनि महशुस गर्यो । हामीले पनि महशुस गरेको हो । तयसैले यसपालि पार्टीले हामीलाई सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएको हो । अब अहिले पार्टीले तल्लो कमिटिदेखि माथिल्लो कमिटीमा नेतृत्व निर्वाचनबाट आउने भनेको पनि छ । तर, हाम्रो पार्टीले कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विषयलाई टुंगो लगाइसकेको छैन । चीनको जस्तो निर्वाचन र मूल्याङकन वा अन्य बुर्जुवाको जस्तो वा सापेक्षित विधि अब पार्टी महाधिवेशनसम्म टुंगो लाग्ने भएकाले सहमतिको विषय आयो र यसलाई सहजै स्विकार गर्नुपर्ने भएको हो ।
अब विवादको यो अवस्थालाई धेरै दिन जान दिन त सकिदैन नी । बन्दसत्र अझै सकिएको छैन् । स्थगित भनेको चल्दा चल्दै रोकिएको र तत्काल सञ्चालन हुने भन्ने हो । तर कति दिन ? दुई दिन तीन दिन वा महिना ? यसको जवाफ त दिनु पर्नेछ । त्यसकारण पनि हामी हाम्रा भित्री आकाङ्क्षा मारेर संगठनको हीतलाई ध्यानमा राख्दै काम गर्नुको विकल्प छैन् । अन्यथा हो भने गतिरोध अन्त्य नगर्दा १ को २ (समानान्तर संगठन) हुने निश्चित छ भनिएको हो ।
दुनियाँ बदल्न हिड्नेले सानो चित्त गरेर पनि हुदैन् । यसकारण अब समस्याको हल हामी भित्रैबाट खोजिनु पर्छ । माओवादी आन्दोलनको रक्षा गर्दै विद्यार्थीको गर्विलो विरासतलाई पनि जोगाउनु पर्छ । त्यो भनेको मिलन बिन्दुको पहिचान गरेर आम विद्यार्थीको मनोभावना समेटिएको संगठन निर्माण गरेर गतिरोध छिट्टै अन्त्य गरिनु पर्छ । मलाई त के लाग्छ भनेहामी छिटै निष्कर्षमा पुग्छौं ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












