विधानको अक्षरश पालना हुनुपर्छ अन्यथा समानान्तर कमिटी बनाएर जान्छाै: नेता रावल
काठमाडौं । नेतृत्व चयन गर्न नसकेर विवादका माझ २२ औं राष्ट्रिय सम्मेलनलाई स्थगित गरेको अखिल (क्रान्तिकारी) यतिबेला चरम सांगठनिक संकटमा परेको छ ।
विवादका कारण समानान्तर कमिटीको अभ्यासको तयारी थालेको अखिल (क्रान्तिकारी) एक सदस्यीय बन्न पुगेको छ । विवादपछि कसरी अगाडी बढ्दैछ अखिल (क्रान्तिकारी) भन्ने विषयमा निवर्तमान कोषाध्यक्ष केशव रावलसंग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश:
अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रीय सम्मेलनमा विधान मिचेर कमिटी घोषणा गर्न खोज्दा केही समस्या आएको छ । केन्द्रीय समिति चयन नगरी पदाधिकारी मात्र घोषणा गर्न खोजिएको थियो यो प्रक्रिया रोकिदिएका छौं र विधान अनुरुप जाऔं भनेका हौं यसैमा पञ्चा सिंहको समुहले मनपरी गर्न खोज्दा विवाद उत्पन्न भएको हो ।
संगठनको अध्यक्षमा पार्टीले नै निर्णय गरेर पठाएपछि हामी त्यसमा सहमत नै छौं तर केही घण्टा अगाडी मात्र पारित विधान मिचेर पदाधिकारीको नाम मात्र घोषणा गर्ने भनेपछि विवादमा गएको छ । पञ्चा सिंहको समूह यसअघि नै संगठनको तल्लो कमिटीदेखि नै प्रतिपक्षी दलले खेल्ने जस्तै भूमिकासहित उहाँहरुले संगठनमा काम गर्नुभयो। प्रचण्ड भनेको जनार्दन शर्मा र पार्टी भनेको पनि जनार्दन शर्मा भन्दै २१ औं राष्ट्रीय सम्मेलन देखी हाल सम्म उहाँहरुको समुहले काम गर्दै आएकै थियो । अहिले पार्टीका नेताहरुसंग उहाँले (पञ्चा सिंह) पार्टी निर्णय र अध्यक्षको भन्दा अन्य कुनै गुटमा छैन भनेर लिखित रुपमा प्रतिबद्धता व्यक्त गर्न तयार छु भन्नु भएको छ त्यसैले हामी उहाँको अध्यक्षता मान्न तयार भएका हौँ। म कुनै गुट वा नेताको पछि नलागि संगठनमा सिर्जित सबै मनोभावनालाई समेटेर काम गर्छु भनेपछि सबै हिसाबले उहाँलाई अध्यक्ष मान्ने सहमति जुटेको हो ।
२१ औं राष्ट्रिय सम्मेलन प्यानल बनाएरै निर्वाचन गरिएको हो । त्यसमा मुख्यतः ४ मनोविभावना थिए तर चुनाव हुँदा त २ नेताको नाम लिएर प्रष्ट टिममा चुनाव लडियो यो विषयले संगठन निर्माणमा गुट उपगुट जन्मिए र सांगठनिक अराजकता जन्मियो भन्ने पार्टी र संगठन भित्रको पनि एकमतको बुझाईपछि अन्ततः हामी सहमतिमा नेतृत्व चयन गर्दै आन्दोलनलाई एकिकृत गर्ने र थप सुदृढ गर्ने पक्षमा उभिन पुगेका हौं । तर आफ्ना मान्छे जसरी पनि पार्नै पर्ने चिन्ताका कारण सम्मेलन हलबाट पारित विधान कुल्चने कोसिस गरियो, यहिबाट विवादको सुत्रपात भएको हो । २५ सदस्यीय पदाधिकारी र १९९ को केन्द्रीय समिति बनाउने विधान पास गर्ने अनि आफूअनुकुल मान्छे भर्ति गर्न जथाभावी गर्न खोज्दा समस्या आएको हो । हामीले भनेका छौं विधानलाई अक्षरशः पालना गरौं । संगठन निर्मण गर्दा मनोभावनालाई पनि समेटेर निश्चित मापडण्ड बनाएर कमिटी बनाउँ ।
एउटा उदाहरण भनौ:- केपी ओलीले संविधान कुल्चदै संविधान सभा विघटन गरे जस्तै हाम्रो संगठनमा पनि विधान मिचेर १ सदस्य वनाइ संगठन विघटनको दिशामा पुर्याइएको छ । हामीले तुरुन्त यो समस्या समाधान गरौं भनेका छौं ।
बहुमत प्रतिनिधिहरुको मनोभावना समेट्न र संगठनको गरिमा र अस्तित्वको लागि सहज बाटो हिड्न दिइएन भने अप्ठ्यारो बाटो पनि तय गर्नु पर्ने हुन्छ । त्यो भनेको के हो भने १ का विरुद्ध २ (समानान्तर संगठनको अभ्यास) । सकभर हामी यो अभ्यासमा जाने पक्षमा छैनौं । तर, बाध्यत्मक अवस्थामा संगठनको अस्तित्व गरिमा बचाउन यो आवश्यक हुनसक्छ । सतप्रतिशत प्रतिनिधिले विधान लागु गरौं भन्नु भएको छ । विधि विधानबाहिर जान खोजिएमा जस्तोसुकै कदम चाल्ने पक्षमा छौं । एक जनालाई संगठन भन्न त मिल्दैन, संगठन भनेको के हो भने दुई वा दुई भन्दा बढी ब्यक्ति मिलेर निश्चित विधि, विधान र मापदण्डलाई सगोलमा स्विकार गर्दै बनेको एक समूह हो । आज अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी विघटन जस्तै भएको छ । संगठनमा एकजना अध्यक्ष मात्र छ । त्यो पनि सपथ भएर आधिकारिक बनेको अवस्था होइन् । यसले हामिलाई लज्जित वनाएको छ । उहाँले पनि म अध्यक्ष हुँ भन्नलाई लाज मान्नुपर्ने हो संगठनको जिवनमा कहिल्यै नभएको र अव पनि हुन नसक्ने घटना घटेको छ । संगठन एक सदस्यीय त हुनै सक्कदैन । आज अखिल क्रान्तिकारी विघटित छ र नयाँ ढंगले पुन:गठन गर्नुपर्ने छ । यो हाम्रो लागि पिडा र लज्जाको विषय हो ।
हाम्रो संगठनमा निर्वाचनको अभ्यास पनि भएको छ । म आफै कोषाध्यक्षमा निर्वाचित भएरै आएको हो । त्यो निर्वाचनले गुटको ठूलो अभ्यास भयो । निषेधका लागि निषेध भयो भन्ने कुरा पार्टीले पनि महशुस गर्यो । हामीले पनि महशुस गरेको हो । तयसैले यसपालि पार्टीले हामीलाई सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएको हो । अब अहिले पार्टीले तल्लो कमिटिदेखि माथिल्लो कमिटीमा नेतृत्व निर्वाचनबाट आउने भनेको पनि छ । तर, हाम्रो पार्टीले कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विषयलाई टुंगो लगाइसकेको छैन । चीनको जस्तो निर्वाचन र मूल्याङकन वा अन्य बुर्जुवाको जस्तो वा सापेक्षित विधि अब पार्टी महाधिवेशनसम्म टुंगो लाग्ने भएकाले सहमतिको विषय आयो र यसलाई सहजै स्विकार गर्नुपर्ने भएको हो ।
अब विवादको यो अवस्थालाई धेरै दिन जान दिन त सकिदैन नी । बन्दसत्र अझै सकिएको छैन् । स्थगित भनेको चल्दा चल्दै रोकिएको र तत्काल सञ्चालन हुने भन्ने हो । तर कति दिन ? दुई दिन तीन दिन वा महिना ? यसको जवाफ त दिनु पर्नेछ । त्यसकारण पनि हामी हाम्रा भित्री आकाङ्क्षा मारेर संगठनको हीतलाई ध्यानमा राख्दै काम गर्नुको विकल्प छैन् । अन्यथा हो भने गतिरोध अन्त्य नगर्दा १ को २ (समानान्तर संगठन) हुने निश्चित छ भनिएको हो ।
दुनियाँ बदल्न हिड्नेले सानो चित्त गरेर पनि हुदैन् । यसकारण अब समस्याको हल हामी भित्रैबाट खोजिनु पर्छ । माओवादी आन्दोलनको रक्षा गर्दै विद्यार्थीको गर्विलो विरासतलाई पनि जोगाउनु पर्छ । त्यो भनेको मिलन बिन्दुको पहिचान गरेर आम विद्यार्थीको मनोभावना समेटिएको संगठन निर्माण गरेर गतिरोध छिट्टै अन्त्य गरिनु पर्छ । मलाई त के लाग्छ भनेहामी छिटै निष्कर्षमा पुग्छौं ।
Comments
अरु समाचार
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...












