विदेश विभागको जिम्मेवारी नपाएपछि नारायणकाजी असन्तुष्ट
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नाराणकाजी श्रेष्ठ पार्टीको विदेश विभाग गठनलाई लिएर असन्तुष्ट देखिएका छन् । राम कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विभाग गठनको तयारीपछि उनको असन्तुष्टी व्यक्त भएको हो ।
श्रेष्ठले विभाग गठन भइनसकेको भन्दै ‘भ्रममा नपर्न’ अनुरोध गरेका छन् ।
‘नेकपा (माओवादी केन्द्र) को विदेश विभाग गठन भएको र त्यसमा बिभिन्न व्यक्तिहरू राखिएको भन्ने समाचार गलत हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘पार्टीले विदेश विभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।’
माओवादी केन्द्रीय कार्यालयनिकट स्रोतका अनुसार माओवादीले विभागमा रहने सदस्यहरूको सूची तयार गरिसकेको छ । त्यसलाई औपचारिकता दिन भने बाँकी रहेको स्रोतले बतायो । सूचीमा पूर्वमुख्यसचिव लिलामणि पौडेल, पूर्वराजदूत महेश मास्केलगायतको पनि नाम छ । स्थायी समिति वैठकमा नेताहरूले छलफल गरेपछि औपचारिक निर्णय हुनेछ ।
गत साउन ३० र ३१ मा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको निर्देशनअनुसार बसेको स्थायी समिति बैठकले राम कार्कीलाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो । त्यसमा श्रेष्ठ असन्तुष्ट थिए । उनलाई भने प्रवास समिति इन्जार्जको भूमिका दिइएको थियो ।
प्रवक्ताको जिम्मेवारीबाट समेत हटेका श्रेष्ठको चाहना विदेश विभागमा छ । तर, पार्टीले अर्कै निर्णय गरेपछि उनी असन्तुष्ट बनेका हुन् । माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले स्थायी समिति बैठक बसेर श्रेष्ठको असन्तुष्टी सम्बोधन गर्ने बताए । पार्टीभित्र दोहोरो जिम्मेवारी नदिने भर्खरैको निर्णय अनुसार पनि विदेश विभागबाट कार्कीलाई हटाएर श्रेष्ठलाई दिन सकिने उनले बताए ।
कार्कीले विदेश विभागका अलवा प्रदेश १ को इन्चार्जको पनि जिम्मेवारी पाएका छन् । दोहोरो जिम्मेवारी नदिने निर्णय कार्यान्वयन हुँदा उनलाई प्रदेश १ इन्चार्जको मात्रै जिम्मेवारी दिएर पार्टीले श्रेष्ठलाई विदेश विभाग सुम्पिन सक्ने बताइएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












