अर्ली इलेक्सनबारे प्रधानमन्त्रीले भने– मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ’
काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वैशाखमा अर्ली इलेक्सन गर्नेबारे गठबन्धनका नेताहरूसँग परामर्श गर्ने बताएका छन् । उनले गठबन्धन सरकार भएका बेला अर्ली इलेक्सनबारे आफू एक्लैले भनेर केही नहुने बताए ।
धनगढीमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा देउवाले भने ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम सरकार फेरबदलबारे पनि केन्द्रमा गठबन्धनबीच सहमति गरेर निर्णय लिइने उनले बताए । ‘यसबारे सल्लाह गरौँला माथि अब के हुन्छ’, पत्रकारको जिज्ञासामा देउवाले भने ।
अर्को प्रसंगमा प्रधानमन्त्री देउवाले नेपालमा एमसीसीबारे गलत प्रचार गरिएको जिकिर गरे । एमसीसी सम्झौता संसदबाट पास गर्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले गलत प्रचार रोक्नुपर्ने बताए ।
देउवाले एमसीसी नेपालको कानुनभन्दा तलै रहने कुरा अमेरिकाले प्रष्ट पारिसकेको दाबी पनि गरे । एमसीसी के हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भने, ‘पास गर्ने हो ।’
हुबहु पास हुन्छ कि संशोधन हुन्छ भन्ने जिज्ञासामा देउवाले भने, ‘यसमा केही छँदै छैन भने, एमसीसी नेपालको कानुनभन्दा माथि हैन भनेर उनीहरूले भनिसकेका छन् । यो त अनुदान हो ऋण हैन नी । सित्तैमा पैसा दिन्छु भन्दा पनि चाहिँदैन भन्छन् यहाँ ।’
Comments
अरु समाचार
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...












