जनभेटघाट तथा विकास निर्माणका आयोजनाबारे छलफलमा व्यस्त पुर्वमन्त्री पुन
रुकुम पुर्व । पुर्व मन्त्री एवम नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गणेशमान पुन गृह जिल्लामा पार्टी कार्यकर्ता र जनभेटघाटमा व्यस्त हुनुभएको छ । नेता पुनले जिल्लाको विभिन्न क्षेत्रमा पुगेर पार्टी कार्यकर्ताको साथै जनतासँग विकास निर्माणका विषयमा छलफल तथा अन्तरक्रिया गर्नुभएको छ ।
केही दिन अघि सिस्ने गाउँपालिका वडा नम्बर २ को छिपखोलालगाएतको ठाउँका नागरिकसँग छ्लफल तथा भेटघाट गर्नुभएका पुनले शुक्रबार वडा नम्बर ३ को पोखरा र पाङगाका नागरिसकसँग भेटघाट गर्नुभएको हो । नेता पुनले पार्टि निर्माण सुदृढीकरण र विकास निर्माण सम्बन्धिको कुरामा केन्द्रित भएर छलफल चलाउनुभएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसिले जानकारी दिनुभयो ।
भेटघाटको क्रममा स्थानिय नेता पार्टी कार्यकर्ताले जनस्तरमा पार्टी पुग्न नसकेको गुनासो गरेका छन् । उनिहरुले पार्टी तल्लो तहसम्म पुग्नुपर्ने र पार्टी संगठन चलायमान हुनुपर्ने माग नेता पुन समक्ष राखेका छन् । यस्तै विकास निर्माणको विषयमा त्याहाका नागरिकले संघीयता स्थापना पश्चात् गाउँघरमा धेरै परिवर्तन आएको बताएका छन् । विकास निर्माणका काम भइरहेको बताउदै नागरिकले यसलाई थप गति दिनुपर्ने बताएका छन् ।
नेता पुनले बिचको यो अवधिमा पार्टी जनस्तरसम्म पुग्न नसकेको बताउनुभएको छ । पहिले पार्टि एकता, लगत्तै असंवैधानिक कदम, आन्दोलन, पार्टी फुट्नु र कोभिड १९ लगाएतका विभिन्न कारणले पार्टी जनस्तरमा पुग्न नसकेको बताउनुभयो । आगमी दिनमा भने कमिकम्जोरि सच्याउदै जनताको माझमा जाने र पार्टिको योजना पनि यहि रहेको नेता पुनले बताउनुभएको छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












