केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेका छन् – प्रचण्ड
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका छन्।
कीर्तिपुरमा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका हुन्।
उनले माओवादी शिथिल हुँदा, कार्य व्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागिपरेको उनको भनाइ छ। उनले पार्टी अब नयाँ संकल्पसहित फेरि अघि बढ्नुपर्ने बताए।
प्रचण्डले एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको आरोप लगाए।
‘अलिकति हामी शिथिल हुँदा, माओवादी विभाजित हुँदा र पार्टीका नेता–कार्यकर्ताहरु अलिकति व्यक्तिगत काममा लाग्दा वा विचारमा, राजनीतिमा, संगठनमा जसरी लाग्नुपर्ने हो, त्यसरी नलाग्दा, हिजो हामीसँग बाध्य भएर सम्झौता गर्नेहरुले सोचे अब माओवादी सकिन थालेको छ, यही बेलामा यो संविधान पनि च्यात्ने, संघीय लोकतान्त्रिक गणतन्त्र पनि घाँडो हो, यसलाई पनि हटाउनुपर्छ, धर्मनिरपेक्ष पनि ठीक छैन, समावेशी समानुपातिक भनेर दलित, महिला, जनजाति, मधेसी, मुस्लिम सबैलाई राज्य संयन्त्रमा तलदेखि माथिसम्म प्रतिनिधित्व गराउने यो माओवादी हो’, उनले भने, ‘ओली प्रवृत्ति भन्छौँ नि हामी गत सालदेखि, नयाँ खालको एउटा कम्युनिष्ट नामधारी प्रतिक्रियावादी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारीको विरुद्ध लड्न बाध्य भइयो हामी, उनले सधैँ भन्थे मलाई यो संघीय लोकतन्त्र पनि मनपर्दैन, गणतन्त्र पनि मनपरेको छैन, मलाई यो समावेशी, समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मनपरेको छैन, अस्ति त भनेछन्, ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर भने भन्ने सूचना मैले पाएँ, मलाई जिन्दगीभर यो गणतन्त्र मन नै परेको होइन, बाध्य भएर गरेको हो, त्यसकारण मौका आयो भने यो उल्टाइदिन्छु भनेको सूचना पाएको छु।’
अध्यक्ष दाहालले आफ्नो पार्टीले धेरै राम्रा काम गरे पनि बिक्री गर्न नजानेको बताए। माओवादीलाई पुनः नेतृत्व दिलाउन नेता–कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्ने उनको भनाइ छ। उनले जनताको विकास र समृद्धिको लागि जनताको बीचमा आत्मलोचना गरेर स्थापित हुनुपर्ने बताए।
‘हामीले राम्रा राम्रा काम ग¥यौं, सामान बनायौँ तर बिक्री गर्न जानिराखेका छैनौँ हामीले, मार्केटिङ गर्ने हाम्रो क्षमता अलि पुगेको रहेनछ’, उनले भने, ‘यी सबै जनताको बीचमा स्थापित गर्न जरुरी छ, आत्मालोचनासहित जनताको घरमा जाने काम ग¥यौं भने केही महिनाभित्र उभार आउनसक्ने सम्भावना छ।’
अध्यक्ष दाहालले नयाँ जनयुद्धका लागि हतियार बोकेर नभई जनतालाई साथमा लिएर संघर्ष गर्न माओवादी तयार रहेको बताए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












