इप्पानले सञ्चालनमा ल्यायो नेपाल हाइड्रोपावर एकेडमी
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले नेपाल हाइड्रोपावर एकेडमी सञ्चालनमा ल्याएको छ । ईप्पानले मंगलबार आफ्नो १९ र २०औं वार्षिक साधारणसभामा नेपाल हाइड्रो पावर एकेडमी सञ्चालनमा ल्याएको बताएको हो ।
संस्थाले ३० करोड रुपैयाँ लागतमा धादिङमा नेपाल हाइड्रो पावर एकेडमी नामक संस्था सञ्चालनमा ल्याएको हो । ईप्पानका अनुसार जलविद्युतमा आउन चाहने नव उद्यमी तथा काम गरिरहेकाहरुलाई सिकाउने जलविद्युतका तालिम तथा सीपहरु प्रदान गर्नका लागि एकेडमी सञ्चालनमा ल्याएको हो ।
सो एकेडमीमा जलविद्युत सम्बन्धि विभिन्न मेसिनहरु रहेका छन् भने जलविद्युत क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका प्रशिक्षकहरुबाट प्रशिक्षण गराइनेछ ।
सो संस्थामा तीन प्याकेजिङमा तालिम दिइनेछ । तीन महिना समायवधिको तालिम हुने एकेडमीको भनाई छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले जलविद्युत व्यवसायीहरुको क्षमता अभिवृद्धि र सीप विकासका लागि सो एकेडमीले महत्वपूर्ण काम गर्ने पनि बताए ।
यस्तै, उनले देशमा जलविद्युत क्षेत्रको विकासका लागि सरकार सधैँ तत्पर रहेको बताए । उनले विदेशमा बिजुली खपत गर्ने नभई स्वदेशमै खपत गर्न तर्फ सबैले ध्यान दिनु पर्ने धारणा राखे ।
उनका अनुसार जलविद्यतुकर्मीहरुलाई सहज र सहुलियतका लागि विभिन्न सुविधाहरु दिन पनि सरकार तयार रहेको बताए ।
‘अब देशमा खपत बढाउन आवश्यक छ, विद्युतीय सवारी र इन्डक्सन चुल्होमा सरकारले अनुदान उपलब्ध गराउँछ, तपाईंहरु अगाडि बढ्नुस्, सरकारले कस्तो सुविधा दिनु पर्छ, हामी तयार छौं,’ उनले भने ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












