सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल
काठमाडौं । सूर्य नेपाल नेपालको सबैभन्दा बढी कर तिर्ने करदाता बनेको छ ।
व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा सिद्धार्थ शमशेर जबरा रहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
त्यस्तै वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स भएको छ ।
आन्तरिक राजस्व विभागले १० औँ राष्ट्रिय कर दिवसको अवसरमा गरेको कार्यक्रममा सबैभन्दा बढी तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरिएको थियो ।
सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड भएको छ । निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा डाबर नेपाल प्रालि रहेको छ ।
अर्थमन्त्री जनार्दन शर्मा र आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बुधबार बिहान एक कार्यक्रमका बीच बढी कर तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरेका हुन् ।
त्यसैगरी विशेष उद्योगहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा एसियन पेन्ट्स नेपाल प्रालि रहेको छ ।
कृषि एवम् पशुपंछी उद्योगहरुमध्ये सबैभदा बढी आयकर दाखिला गर्ने करदातामा पूर्वाञ्चल एग्रीटेक प्रालि रहेको छ । सरकारही तथा लघु वित्तको कारोबाट गर्ने संस्थाहरुमध्ये बढी कर छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले तिरेको छ ।
नबिल बैंक लिमिटेड बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता बनेको छ ।
वीमा व्यवसायमध्इे सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा नेपाल पुनर्बिमा कम्पनी लिमिटेड रहेको छ ।
स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नोवेल मेडिकल कलेज रहेको छ ।
पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सीले बढी आयकर तिरेको छ भने वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी कर भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सले तिरेको छ ।
मध्यमस्तरीय करदातामध्ये बढी कर कर्जा सूचना केन्द्र लिमिटेडले तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
ऊर्जामूलक उद्योगहरुमध्इे सबैभन्दा बढी कर हिमाल पावर लिमिटेडले कर दाखिला गरेको छ । व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा सिद्धार्थ शमशेर जबरा रहेका छन् ।
सबैभन्दा बढी कर दाखिला गर्ने करदातामा सूर्य नेपाल प्रालि रहेको छ । २०६६ साउनदेखि २०७८ असार मसान्तसम्म मूल्य अभिवृद्धि करको मासिक कर विवरण र सो बमोजिमको कर समयमै बुझाएर नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी कर तिर्ने घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड रहेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












