‘उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनुपर्छ’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनु पर्ने बताएका छन् ।
काठमाडौंमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका हुन् ।
मन्त्री शर्माले भारतमा उत्पादन हुँदै आएको फर्मा ट्याक्टर उत्पादक कम्पनीले नेपालमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । उनले भारतबाट आयात गर्ने मात्र नभइ नेपालमा नै उद्योग खोलेर बाहिर निर्यात गर्नुपर्ने बताए ।
मन्त्री शर्माले भने,‘नेपालमा भारतको तुलनामा श्रम सस्तो छ, बिजुली भारतको भन्दा १४ रुपैयाँ सस्तो छ, भारतमा उद्योगले प्रति युनिट २० रुपैयाँ तिर्ने गरेका छन् तर नेपालमा उद्योग खोले ६ रुपैयाँ प्रति युनिट बिजुली दिन्छौँ, उद्योगलाई चाहिने जग्गा लगायत अन्य सबै सुविधासहित आवश्यक कर छुट समेत सरकारले दिन्छ, फर्मा ट्याक्टरले नेपालमा कारखाना खोलेर अन्य देशमा निर्यात गर्न मेरो आग्रह छ ।’
अर्थमन्त्री शर्माले नेपालमा कृषिलाई आधुनिक प्रविधिसँगै जोडेर उत्पादनलाई वृद्धि गर्न आवश्यक रहेको बताए । उनले नेपालको हावा, पानी र माटो कृषि उत्पादनका लागि प्रशस्त स्रोतहरु भएको बताउँदै त्यस्ता स्रोतहरु प्रविधिसँग संयोजन गरी उत्पादन वृद्धि गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।
मन्त्री शर्माले भने, ‘अहिले मुलुक आयातमा परनिर्भर हुँदै आएको छ, अब आयातलाई प्रतिस्थापन गर्ने सरकारको उद्देश्य छ । यदि अब नेपालले आफ्नो उत्पादनलाई वृद्धि गर्न सकेन भने कृषि बिना हाम्रो देश र राष्ट्रियता आत्मा निर्भरता सम्पन्नको सपना पूरा गर्न सक्दैनौँ, कृषि पर्यटन र जलविद्युत हाम्रा उत्पादनका मुख्य क्षेत्र हुन्, अब हामीले साझा प्रतिवद्धता गरेर जानु पर्ने आवश्यक छ, यो क्षेत्र तत्काल रोजगारी सिर्जना गर्ने क्षेत्र हो, त्यसैले यसमा लगानी बढाउनु पर्छ ।’
कृषि गु्रपअन्तर्गतको यति टेक्निक फार्मले सार्वजनिक गरेको फर्मा ट्याक्टर युरोपेली प्रविधिको ट्याक्टर हो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












