प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्री लूको आग्रह: एमसीसीबारे छिटो निर्णय लिनुहोस्
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ ।
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको द्धिपक्षीय भेटवार्तामा दाहालले एमसीसीलाई लिएर संसदमा मतविभाजनको स्थितीसम्म आउनसक्ने बताए ।
‘अध्यक्षज्यूले डेमोक्रेटिक प्रोसेसमा जानुपर्ने स्थिती आउनसक्ने बताउनुभएको छ’ लूसँगको भेटपछि दाहालका स्वकीय सचिव रमेश मल्लले बताए ।
अमेरिकी कूटनीतिज्ञ लूले एमसीसी अनुमोदनबारे दाहालसँग चासो राखेका थिए । सहायकमन्त्री लूले चाँडो एमसीसी पास गर्न दाहाललाई आग्रह गरेको स्वकीय सचिव मल्लले बताए ।
लूको उक्त आग्रहमा दाहालले एमसीसीलाई लिएर सत्तारुढ दल, नागरिक समाज र पत्रकारबीच छलफल गरेर निष्कर्ष निकालिने जवाफ दिएका थिए । एमसीसीको ओर्जिनल ड्राफ्टलाई तलमाथि पार्दा विवाद र बहस निम्तिएको बताउँदै दाहालले वैदेशिक सहयोगलाई लिएर पार्टी सकारात्मक रहेको बताएका थिए ।
‘मन्त्री लूले चाँडो अनुमोदन गर्नुप¥यो नत्र एमसीसीलाई अन्त लैजान्छौं भन्ने आशयको कुरा गर्नुभएको थियो’ स्वकीय सचिव मल्लले भने । अमेरिकाले नेपाललाई गर्दै आएको सहायतालाई लिएर दाहालले धन्यवाद समेत दिएका थिए । उक्त भेटमा द्धिपक्षीय चासोका अन्य विषयमा पनि कुराकानी भएको जनाइएको छ ।
कात्तिक २३ गते बसेको माओवादी स्थायी समिति बैठकले केही विवादित बुँदामा संसोधन बिना एमसीसीलाई पारित नगर्ने निर्णय गरेको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












