एमाले १० औं महाधिवेशनः पुराना कम्युनिष्ट नेता न्याैपानेको केन्द्रिय सदस्यमा उमेद्वारी
एमालेका करिव १० लाख सदस्यहरु मध्ये मेरो पार्टी सदस्यता नम्वर ६८० हो
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी एमाले १० औँ महाधिवेशनमा तुलसी प्रसाद न्याैपानेले केन्द्रिय सदस्य लागी उमेद्वारी पेश गर्ने भएका छन ।
आसन्न १० औँ महाधिवेश नजिकिदै गर्दा प्रदेश नम्बर १ का निवर्तमान आर्थिक मन्त्री तथा प्रदेश सभा सदस्य न्याैपानेले केन्द्रिय सदस्यका लागी उमेद्वारी पेश गर्ने भएका हुन ।
नेता न्याैपाने २०३५ सालमा मालेको Red guard organisation (RGO) लाल रक्षक दलमा संगठित भए यताका ४३ वर्ष लामो राजनितिक /संगठनात्मक काममा सक्रिय छन ।
न्युज नेपालसंग कुरा गर्दै नेता न्याैपानेले भनेः नेकपा एमालेका १० लाखमा वढि सदस्यहरु मध्ये मेरो पार्टी सदस्यता नम्वर ६८० हो। माओ जयन्तिको दिन पारेर जननेता क. मदन भण्डारीले दिनु भएको ०३७ पुष १० को सदस्यता हो ।
२०२८ सालमा १२ वर्षे कलिलो वयमै राजा महेन्द्र विरोधि जुलुसमा, राल्फा जनगिति अभियान, २०३५/०३६ को जनआन्दोलन र जनसंघर्ष र निर्दलिय पञ्चायती व्यवस्था विरुद्ध जनमत संग्रहमा वहुदलको वुथ एजेण्टको भुमिकामा रहेर समेत नेपाली राजनितीका महत्वपुर्ण मोर्चामा योगदान पुर्याइको छ ।
त्यस्तै जिल्ला पार्टी संगठन निर्माणको सन्दर्भमा हामी संखुवासभा जिल्लाका ४ जना युवा मिलेर तत्कालीन नेकपा माले संखुवासभा जिल्ला कमिटी स्थापनाको ४२ वर्ष वितेछ। जिल्लामा मेरो पार्टी सदस्यता जिल्लाको सवैभन्दा पुरानो र पहिलो सदस्यता हो ।
पार्टीको निर्देशन बमोजिम पार्टी विभिन्न मोर्चा रहेर पार्टी र संगठनमा सधै सक्रिय र कटिबद्ध रहेर लागी परेः नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापनकालको नेतृत्व लिदै, नेराशिसं जिल्ला अध्यक्षको जिम्मेवारी, अनेरास्ववियु केन्द्रिय सदस्य भएर निर्दलिय पंचायति राज जमेको काठमाडौँ उपत्याकामा एक कार्यकाल विध्यार्थि संगठन/सघर्षको नेतृत्व गरेको छु।
पार्टी संगठनका विभिन्न मोर्चा विद्यार्थी आन्दोलन, पेशागत तथा सामुदायिक संघर्ष र पार्टी कामका सिलसिलामा दर्जनौ पटक धडपकड,जेलनेल र कारावासको सजाय खेपेको ,द्वन्द्वयुद्ध र अपहरण झेलेको छु।
पार्टीको निर्णय अनुसार स्थायि माध्यमिक शिक्षकबाट राजिनामा गरेर त्यस यताका ३२ वर्ष भयो, पार्टीको पुर्णकालिन कार्यकर्ता छु।
पार्टी निर्णय अनुसार ३० वर्ष पहिले अर्थात २०४७/०४८ मा तेह्रथुम जिल्लाको एमाले पार्टी प्रमुख (तत्कालीन सचिव) रहेर तेह्रथुम एमाले जिल्ला पार्टीको नेतृत्व, दुई कार्यकाल संखुवासभा जिल्ला पार्टी कमिटीको प्रमुख भएर नेतृत्व प्रदान गरेको छु।
मनमोहन अधिकारी नेतृत्वको जननिर्वाचित लोकप्रिय प्रथम कम्युनिस्ट सरकारको सुकुम्वासी समस्या समाधान आयोग सुनसरी जिल्ला अध्यक्ष (२०५१/०५२) १४) गाविस अध्यक्ष, जिविस सभापती, जिविस महासंघको केन्द्रिय सदस्यमा निर्वाचित एक कार्यकालको जनप्रतिनिधि हुँ।
पार्टी जिल्ला कमिटि, अंचल कमिटी, राष्ट्रिय परिषद र केन्द्रीय निर्वाचन आयोगको पार्टी जिम्मेवारी पुरा गरेको छु।
हाल प्रदेश नं.१ मा माननिय प्रदेशसभा सदस्य छु प्रदेश सरकारको निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री। एमालेको पाचौ राष्ट्रिय महाधिवेशनमा ‘नेपाली क्रान्तिको कार्यक्रम: पुर्ण जनवाद’ नामको छुट्टै दस्तावेज प्रस्तुत गरेको हुँ, वैचारिक राजनितिक त्यो दस्तावेज कामयावि छ, सुरक्षित छ।
एमालेको पाचौ, छैठौ, सातौ, आठौ, नवौ र दशौंं महाधिवेशनमा जिल्लावाटै निर्वाचित महाधिवेशन प्रतिनिधि साथै प्रथम विधान महाधिवेशनको प्रतिनिधि , आठौ महाधिवेशन पछि केन्द्रिय निर्वाचन आयोगको सदस्यको भुमिकामा रहेर पार्टी राजनितीमा सक्रिय छु ।
उनले पार्टी पार्टी राजनितीमा आफ्नो चार दशक लामो राजनितीक आरोहअवरोह सुनाउदै भनेः नवौ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यको उमेद्वार थोरवहुत भोट पुगेन, निर्वाचित हुन सकिएन त्यस यता ७ वर्ष भयो, कमिटी विहिन छु , केवल पार्टी सदस्य मात्र छु।
तर पनि गर्व लाग्छ, पार्टीको करिव १० लाख सदस्यता भित्रको पुरानो हुँ, जननेता तत्कालिन महासचिव मदन कुमार भण्डारीको हातबाट सदस्यता नम्वर ६८० प्राप्त गरेको जिल्लाकै पहिलो सदस्य हुँ ।
पार्टी आन्दोलनमा सिंगो जिवन विताउँदा पनि कमिटी विहिन / पार्टी सदस्यमै थन्किनु पर्दा नरमाईलो महसुस हुन्छ । तर पनि पार्टीले मागेको समय उपलव्ध छ, कार्यसम्पादन गर्ने भरपुर क्षमता छ, पार्टीमा धेरथोर योगदान छ, स्नातकोत्तर(MA) सम्मको शैक्षिक योग्यता पनि छ र सबैभन्दा महत्वपूर्ण कुरा निष्ठापूर्वक काम गर्ने दृढ इच्छाशक्ति छ।
अन्तमा उनले भने मेरो चार दशक लामो राजनितिक यात्रा अनुभवले भन्छ म नेकपा एमालेको केन्द्रियको लागी योग्य छु । नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई प्रदान गर्न आसन्न १० औँ महाधिवेशनमा केन्द्रिय सदस्यको जिम्मेवारिका लागि मेरो उमेद्वारी रहन्छ ।
दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि सामु हार्दिक आग्रह, अनुरोध, अपिल गर्दछु।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












