नारायणी किनार बन्यो एमालेमय (फोटोफिचर)
चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनले नारायणी नदीको किनारको रौनकता बढेको छ। एमालेमय बनेको उद्घाटन सत्रको ठूलो मञ्चले सबैको ध्यान तानेको छ।
शुक्रबार उद्घाटन हुने मुल समरोहको तयारी तीब्र पारिएको छ। अहिलेसम्म ७५ प्रतिशतको काम पूरा भएको स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले बताए। ‘मञ्च बनाउने काम हामीले राति बाह्र बजेसमम भएपनि काम गरेका छौँ’ उनले भने ‘ बिहीबार बेलुकीसम्म हामीले मूल आयोजकलाई मञ्च हस्तान्तरण गर्ने योजना हो। ’
नदी किनारलाई सजाउन थालिएको छ। नारायणी नदी पारिपट्टि एमालेका ठूला ब्यानर राखिएको छ।
मूल समारोहका लागि स्टेज निमार्णको अन्तिम चरण्को काम भइरहेको छ। महाधिवेशनमा २१ वटा सेल्फी प्वाइन्ट तयार गरिदैँछ। चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन्। मञ्चको अघिल्लो भागको दायाँतर्फ पार्टीको झण्डा बोकेको गैडाको मूर्ति रहनेछ। त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी रहने छ। महाधिवेशन उद्घाटन सत्रमा २३ स्थानमा एमालेको प्रचारमूलक तस्बिर रहनेछन्।
महाधिवेशनको बन्द सत्र हुने सौराहामा चहलपहल बढेको छ। महाधिवेशन प्रतिनिधिहरु बिहीबारबाट चितवन आउनेछन्। नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले तयारी अन्तिम चरणमा भएको बताए।
एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ। नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी स्थलमा उद्घाटन सत्र गरिने छ। बन्दसत्र सौरहाको होटल सेभेनस्टल परिसरमा हुने छ। बन्दसत्रका लागी तीन हजार पाँच सय कोठा एमालेले बुकिङ गरेको छ।
नेकपा एमालेको महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन्। महाधिवेशनलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डका मुख्य क्षेत्रमा ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ।






Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












