अध्यक्षबाहेक कुनै पदमा मेरो उम्मेदवारी छैनः भीम रावल
चितवन । नेकपा एमालेका नेता भीम रावलले अध्यक्षबाहेक कुनै पदमा आफ्नो उम्मेदवारी नभएको स्पष्ट पारेका छन् ।
मतपत्रमा सदस्यमा पनि भीम रावलको नाम भएपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा रावलले अध्यक्ष पदबाहेक अन्यमा उम्मेदवारी नभएको स्पष्ट पारेका हुन् ।
उनले भने, ‘अध्यक्षबाहेक अन्य पदमा मेरो उम्मेदवारी छैन । अरु (केन्द्रीय सदस्य) पदमा जिते पनि सपथ लिन्न। अध्यक्षमा मात्रै जिते सपथ लिन्छु।’
मतपत्रमा रावलको केन्द्रीय सदस्यमा पनि नाम पाइएको थियो । यसअघिको आठौं महाधिवेशनमा पनि आफ्नो नाम केन्द्रीय सदस्यमा पनि राखिएको उनले बताए ।
रावलले नेकपा एमाले र निर्वाचन आयोगको आचारसंहिता विपरीत केही समूहले समूहगत सूची बाँडेको प्रति आपति जनाएका छन् । आचारसंहिता विपरीत समूहगत सूची बाड्न नपाइने भएपनि एमाले महाधिवेशनमा मतदानका लागि जाने प्रतिनिधिलाई समूहगत सूची बाँडिएको थियो ।
रावलले भने, ‘मैले रोक्न प्रयास गरे सुरक्षाकर्मीलाई पनि भने तर त्यो रोकिएन, मैले थाहा पाउँदासम्म एक रिम समूहगत सूची बाँडिसकेका रहेछन् ।’
निर्वाचन समिति र सुरक्षाकर्मीलाई त्यसबारे जानकारी गराउँदा हातपातको समेत प्रयास भएको उनले बताए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












