राप्रपालाई शुभकामना दिँदै देउवाले भने– धेरै दल हुनुभन्दा कम दल हुनु राम्रो हो
काठमाडाैँ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले दलहरुबीच एकता हुनु राम्रो भएको बताएका छन् ।
बुधबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै देउवाले धेरै दल हुनुभन्दा कम दल हुनु राम्रा भएको बताए ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन छ । तीन वटा पार्टी मिलेर एकता महाधिवेशन हुँदैछ,’ देउवाले भने, ‘पशुपतिशमशेर राणाजीले अध्यक्षता गर्नु भएको पार्टी, कमल थापाजीले अध्यक्षता गर्नुभएको पार्टी र प्रकाशचन्द्र लोहनीजीले अध्यक्ष गरेका पार्टी एक भएर महाधिवेशन गर्नुभएको छ । धेरै दल हुनुभन्दा कम दल हुन राम्रो हो ।’
राणा, थापा र लोहनीले एकतामा महाधिवेशन गरेर महत्वपूर्ण कदम चालेको देउवाको भनाइ छ । ‘तपाईंहरुले महत्वपूर्ण स्टेप चाल्नु भएको । पार्टी मिल्नु राम्रो हो । जति पार्टी एक हुन्छन् त्यतिनै लोकतन्त्र बलियो हुन्छ,’ देउवाले भने ।
राप्रपालाई एकता महाधिवेशन सफलताको शुभकामना दिँदै आफ्नो पार्टीको महाधिवेशन पनि हुन लागेको बताए । ‘तपाईंहरुलाई एकता महाधिवेशनको शुभकामना छ , सफलता पूर्वक सम्पन्न होस् । अहिले सबै पार्टीमा महाधिवेशन भइरहेको छ । मेरो पार्टीको पनि महाधिवेशन हुँदैछ ।’ काँग्रेसले यही मंसिर २४ गतेदेखि महाधिवेशन गर्दैछ ।
यस्तै देउवाले राप्रपासँग पार्टीगत विचार फरक भएपनि राष्ट्रियता र लोकतन्त्रमा सबैको एक मत रहेको बताए । ‘हाम्रो पार्टीगत विचारहरु फरक फरक छन् । तर राष्ट्रियता र लोकतन्त्रमा हामी सबैको एउटै मत छ,’ देउवाले भने ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












