महामन्त्रीमा हार व्यहोरेकी अभिनेत्री रेखा थापा भन्छिन्, ‘मलाई आएको मतसँग म एकदमै सन्तुष्ट छु’
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता अधिवेशनमा महिला महामन्त्रीको पदमा उठेकी अभिनेत्री रेखा थापा पराजित भइन्।
१६ सय ४७ भोट ल्याएकी थापा प्रतिस्पर्धी कुन्तीकुमारी शाहीसँग ३ सय ६१ मतले पछाडि परिन्।
अन्तिम मत परिणामपछि थापाले आफूलाई हराउने उम्मेदवारको तस्बिरसहित शुभकामना दिएकी छन्। चुनावी प्रचार प्रसारको समयमा ‘राजनीति गर्न चलचित्र खेलेजति सजिलो छैन’ भन्ने प्रतिक्रिया दिएकी शाहीलाई उनले बलियो हुन र पार्टीलाई सही ढंगले नेतृत्व गर्न शुभकामना दिएकी छन्।
‘उहाँले २० वर्षदेखि पार्टीको सेवा गर्नु भएको छ, म बल्ल आएको ४ वर्ष भयो। नतिजाले म असाध्यै सन्तुष्ट छु,’ उनले भनिन्, ‘उहाँ त्यो पदको लागि उहाँ योग्य हुनुहुन्छ तर मेरो पनि त्यत्रो भोट आउनु सामान्य होइन।’
उनले अगाडि भनिन्, ‘हारजित खेलाडीकै हुन्छ। फुटबलमा गोल नै नहानी हार्नु र गोल गरेर हार्नु फरक हुन्छ नि हैन ? मेरो लागि यो अपेक्षित नतिजा हो ।’
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












