कमल थापाको अर्को स्टाटसः यसपाली त मनै फाट्यो केले सिउने, केले टाल्ने हो?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएदेखि कमल थापा पूरै सामाजिक सञ्जालमा सक्रिय भएका छन् । फेसबुक र ट्विटरमा उनका आधिकारिक पेजहरुबाट एकपछि अर्को उत्तेजक र भावुक पोष्टहरु भइरहेको छ ।
पछिल्लो पोष्टमा चाहिँ थापा भावुक बनेका छन् । आफ्नो अन्तरमनभित्रको मान्यतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएका टिप्पणीसहित उनले राजेन्द्र थापाको चर्चित गीत ‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालेँ।।’ का पंतिहरु सेयर गरेका छन् ।
थापाले आज पार्टीको मतगणना सकिएलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाहका विरुद्ध सामाजिक सञ्जालमा आक्रोशित टिप्पणी गरेका थिए । त्यसपछि फेरि पूर्वयुवराज्ञी हिमानी शाहको नक्कली ट्विटर अकाउन्टबाट आएको ट्विटलाई कटाक्ष गरेका थिए ।
थापाका धाराप्रवाह स्टाटसहरुले उनलाई पराजयको चोट सहत गाह्रो परिरहेको प्रतित हुन्छ ।
मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो
“पोहोर साल खुशी फाट्दा
जतन गरि मनले टाले
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो?”— Kamal Thapa (@KTnepal) December 5, 2021
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












