यी हुन नवनिर्वाचित कांग्रेस प्रदेश सभापति, देउवा पक्ष हावी
काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशन अन्तर्गत प्रदेशहरुमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको छ । कांग्रेसले प्रदेश २ बाहेक अन्यमा प्रदेश अधिवेशन सम्पन्न गरेको हो ।
महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा ती प्रदेशमा सभापतिको परिणाम पनि आइसकेको छ । गण्डकी र लुम्बिनीमा संस्थापनइतर (पौडेल पक्ष) को सभापतिमा निर्वाचन भएका छन् । भने बागमती, कर्णाली र सदूरपश्चिम प्रदेशमा संस्थापन (देउवा) पक्षले जितेका छन् ।
प्रदेश १ को सभापतिमा देउवा र नेता कृष्ण सिटैलाको समूहबाट उद्धव थापा विजयी भएका छन् । पदाधिकारीमा थापा पक्षकै बर्चस्व रहेको छ । प्रदेश १ मा वरिष्ठ नेता पौडेल र शेखर कोइराला समूहका गुरुराज घिमिरेलाई २ मतले पराजित भए ।
त्यस्तै बागमती प्रदेशको सभापतिमा देउवा पक्षका इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । पौडेल पक्षका जगदीश्वर नरसिंह केसीलाई पराजित गर्दै बानियाँ सभापतिमा निर्वाचित भएका हुन् ।
गण्डकी प्रदेशको सभापतिमा भने वरिठ नेता पौडेल पक्षका शुक्रराज शर्मा निर्वाचित भएका छन् । उनले सभापति पदमा ८४ मतअन्तरले प्रदेशको नेतृत्वमा विजयी भएका हुन् । कुल ११४६ मत खसेको थियो । उनले ६१२ मत ल्याउँदा प्रतिद्वन्द्वी देउवा पक्षका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याएका थिए ।
त्यस्तै लुम्बिनी प्रदेशको सभापतिमा पनि पौडेल पक्षका अमरसिंह पुन विजयी भएका छन् । देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै पुन विजयी भएका हुन् ।
कर्णाली प्रदेश सभापतिमा भने देउवा पक्षका ललितजंग शाही निर्वाचित भएका छन् । उनले संस्थापनइतरका भुपेन्द्रजंग शाहीलाई पराजित परेका हुन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशको सभापतिमा देउवा पक्षकै वीरबहादुर बलायर विजयी भएका छन् । बलायरको प्यानलै विजयी भएका हुन् ।
प्रदेशमा कुल मत १००३ खसेको थियो । बलायरले ६८८ मत ल्याउँदा प्रतिस्पर्धी नारायणदत्त मिश्रले २८० मत्र मात्र ल्याए । प्रदेश २ मा भने अधिवेशन हुन सकेको छैन । अब महाधिवेशन पछिमात्र गर्ने भनिए पनि मिति तय हुन भने बाँकी छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












