सभापतिको साझा उम्मेदवार टुंगो लगाउन चाक्सीबारीमा बैठक
काठमाडाैँ । आसन्न १४ औँ महाधिवेशनमा साझा उम्मेदवार बनाएर जाने सहमति जुटाएको कांग्रेसको संस्थापन इतर समूहको केन्द्रीय समिति सदस्यहरुसहितको बैठक अहिले चाक्सीबारीमा सुरु भएको छ।
सभापतिका दावेदार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा उक्त बैठक सुरु भएको हो।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता शेखर कोइरालासहित सहभागी छन्।
त्यसैगरी बैठकमा डा. मिनेन्द्र रिजाल, कोषाध्यक्ष सीतादेवी यादव पनि उपस्थित छन्।
यो बैठकबाट पार्टीको महाधिवेशनमा इतर समूहबाट सभापतिको साझा उमेदवार तय गर्न छलफल भइरहेको छ।
यसअघि बोहोराटारस्थित पौडेल निवासमा सोमबार साँझ बसेको संस्थापन इतर पक्षको बैठकमा आगामी महाधिवेशनमा साझा उम्मेदवार बनाएर जाने सहमति गरेको थियो।
सोमबारको छलफल सकारात्मक भएकाले मंगलबार संस्थापन इतर समूहको केन्द्रिय समिति बैठक बस्न लागेको हो।
सोमबार बैठकमा वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाबीच छलफल भएको थियो। तीन नेताको सहमतिमा मंगलबार संस्थापन इतर समूहका नेताको केन्द्रीय समिति बैठक आह्वान गरिएको हो।
यसअघि सोमबारै बिहान गगन थापा र धनराज गुरुङसहितका युवा नेताहरुले इतर समूहबाट साझा उम्मेदवार छान्नै पर्ने निष्कर्षसहित नेताहरुमा दबाब बढाएका छन्।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिर २४ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ।
महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिने तयारी गरिरहँदा संस्थापन इतर समूहले पनि सभापतिको साझा उमेदवार उठाउने प्रयास गरिरहेको छ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












