देउवापक्षीय नेता भन्छन्– सिटौलासँग केन्द्रमा पनि सहकार्य हुन्छ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले आसन्न १४औँ महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलासँग केन्द्रमा पनि सहकार्य हुने बताएका छन् ।
बूढानीलकण्ठस्थित देउवा निवासमा जारी बैठकबारे सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । प्रदेश नम्बर–१, वाग्मती प्रदेशलगायतमा पनि सहकार्य भएकाले केन्द्रमा पनि सहकार्य हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।“लामो समयदेखि छलफल चलिरहेको छ । सभापति समकक्षी नेताहरूसँग महाधिवेशनलाई हार्दिकताका साथ सम्पन्न गर्नका लागि सकभर सर्वसम्मत योग्य नेताहरूलाई समावेश गर्न छलफल गरिरहनुभएको छ,” उनले भने, “कृष्णप्रसाद सिटौलाले पनि सकारात्मक सन्देश दिनुभएको छ । प्रदेश–१ को अधिवेशनमा पनि सहकार्य गर्यौँ । वाग्मती प्रदेशमा पनि सहकार्य गर्यौँ केही जिल्लामा पनि सहकार्य भइरहेको हिसाबले केन्द्रीयस्तरमा पनि उहाँहरूसँग सहकार्य हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।”
बैठकमा देउवालाई सभापतिमा विजयी गराउने सम्बन्धमा छलफल भइरहेको उनले जानकारी दिए । “वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सभापतिमा उमेदवारी पहिल्यै सार्वजनिक गरिसक्नुभएको छ । त्यो उमेदवारीलाई कसरी मजबुत बनाउने र विजयी हासिल गर्ने भनेर आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल भइरहेको छ,” उनले भने ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












