राप्रपा बैठक सुरू, गएनन् कमल थापा
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्वाचित कार्यसमितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरू भएको छ।
नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचित कार्यसमितिको पहिलो बैठक बोलाएका हुन्। बैठकमा राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी सहभागी छन्।
अर्का निवर्तमान अध्यक्ष कमल थापा भने बैठकमा सहभागी भएका छैनन्।
‘उहाँलाई मैले सोधेको थिएँ, बैठकमा बोलाइएको जानकारी छैन भन्नुभयो,’ उनीनिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने।
पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले आफूलाई हराएको आरोप लगाइरहेका थापा बैठकमा नगएको कारणबारे स्पष्ट कारण खुलेको छैन।
बैठकमा थापा पक्षले पार्टीको आन्तरिक राजनीतिमा निर्मल निवासले हस्तक्षेप गरेकोबारे कुरा उठाउने भएका छन्।
पूर्वअध्यक्षहरू पदेन केन्द्रीय सदस्य हुन्छन्। पूर्वअध्यक्षत्रय तीनै जनालाई बैठकमा बोलाइएको केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताए।
‘तीनै जना निवर्तमान अध्यक्षहरूलाई बैठकबारे जानकारी गराउँदै बोलाइएको थियो,’ श्रेष्ठले भने।
बैठकमा अध्यक्ष लिङ्देनले निर्वाचित कार्यसमितिको एजेन्डा राख्ने बताइएको छ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












