अर्थमन्त्री शर्माको दाबी- अर्थशास्त्रको विज्ञ नभए पनि अर्थतन्त्र सुधार्ने क्षमता मसँग छ
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफू अर्थशास्त्रको ज्ञाता नभएको बताएका छन ।
यद्यपि अर्थतन्त्रलाई सही दिशा दिनसक्ने क्षमता आफूमा भएको उनले दाबी गरेका छन् ।
अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘अर्थशास्त्र भनेको के हो मलाई थाहा छैन तर नेपालको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भन्ने थाहा छ ।’
राजस्वमा अटो क्षेत्रको २५ प्रतिशत योगदान रहेको भन्दै शर्माले नेपालमा नै गाडी एसेम्बल गर्न व्यवसायीलाई आग्रह गरे । नेपालमा उपलब्ध स्रोत साधानको परिचालन गरी देशको अर्थमन्त्रलाई आत्मानिर्भर बनाउन सकिने भएकाले त्यसतर्फ सोच्न उनले आग्रह गरे ।
मन्त्री शर्माले नेपालमा आयातलाई प्रतिबन्धित गर्ने अवस्था नभए पनि सबैको प्रयासले प्रतिस्थापन भने गर्न सकिने बताएका छन् । उनले सो अवसरमा पेट्रोलिय सवारीसाधनको सट्टा विद्युतीय सवारीसाधनको खपत बढाउनुपर्ने कुरामा जोड दिए । विद्युतीय सवारीसाधन चार्ज गर्न नेपालसँग पर्याप्त बिजुली रहेकाले पेट्रोलिय पदार्थको आयात विस्थापित हुने अवस्था रहेको शर्माको भनाइ छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारले अटो क्षेत्रमा गरेको कडाइले व्यवसाय समास्यामा रहेको बताए । सडक निर्माण तथा यसको गुणस्तरमा ध्यान दिँदै स्वदेशमा नै सवारीसाधन एसेम्बल गर्ने वातावरण सृजना गर्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालमा ठूला सवारीसाधनको एसेम्बल गर्न सकिने सम्भावना देखाउँदै नीतिगत व्यस्थाको लागि अर्थमन्त्रीसँग आग्रह गरे ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












