पार्टीमा निरंकुशता लाद्नेहरुले हारे : भीम रावल
काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले दसौँ महाधिवेशनमा आफ्नो एजेण्डाले जितेको बताएका छन्।
गृहजिल्ला अछामको साँफे बगगरमा एमालेका कार्यकर्ताहरुलाई बुधबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘जनताको अपार माया र स्नेहबाट अघि बढेको छु। म पटक पटक विजयी भएको हो। हामीले यहाँबाट काँधमा चढाएर कयौँलाई संसदमा पुर्याएका हौँ’, उनले भने, ‘मैले यो राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको पक्षमा आवाज उठाएको थिएँ। मिचिएका सीमानाबाट विदेशी हस्तक्षेप हट्नुपर्छ भनेको हो। महाधिवेशनबाट हारे पनि त्यो आवाजबाट म विचलित भएको छैन।’
उनले मातृभूमिबाट विदेशी बुट बजारिरहँदा, लिम्पियाधुरामा भारतीय अतिक्रमण भइरहँदा केही नेताहरु एमसीसी पास गरेर आफ्नो पद बचाउन लागेका आरोप पनि लगाए। तर उनले यो देशलाई उपनिवेश हुन नदिने पनि बताए।
उनले एमालेको दसौँ महाधिवेशनमा जनताको बहुदलीय जनवाद सुहाउँदो गतिविधि नभएको पनि बताए। ‘दसौँ महाधिवेशनमा मैले अध्यक्ष पदमा उम्म्दवारी दिएको थिएँ। प्रतिनिधि चयनदेखि उम्मेदवारी र चुनाव हुने शिलशिलामा के के भए? एउटा कम्युनिष्ट पार्टीलाई सुहाउने कुरा भए कि भएनन् त्यहाँ?’, उनले भने, ‘हाम्रो पार्टीको बहुदलीय जनवादले प्रत्येक पार्टीलाई प्रतिस्पर्धामा जाने अधिकार दिएको छ। चुनाव लड्न पाउँदैनस्, उम्मेदवारी दिन पाउँदैनस् भन्छन् भने त्यो निरंकुशता हुन्छ।’
उनले आफू अध्यक्षमा हार्दैमा केही फरक नपर्ने पनि बताए। ‘आठौँ महाधिवेशनमा केपी शर्मा ओली अध्यक्ष पदमा लडेका थिए। म उहाँकै समूहबाट उपाध्यक्षमा लड्दा हारेँ। अहिलेको महाधिवेशनमा देशभक्तिको झण्डा उठेको छ’, उनले थपे, ‘तर मैले एमालेमा जितेको छु, हारेको छैन। पदमा कसले हारेको छैन र? आठौँमा ओलीसँगै हामीले हारेका हौँ। मान्छे त्यतिबेला हार्छ जब उसको देशभक्ति डगमगाउँछ।’
रावलले गुटको स्वार्थलाई मानि राख्ने मानिसहरु चितवनमा हारेको पनि बताए। ‘गुटको स्वार्थलाई माथि राख्ने मानिस पराजित हुन्छ। म चितवनको महाधिवेशनबाट पराजित भएको छैन’, उनले भने, ‘स्वच्छ निर्वाचनभन्दा अनेक प्रकारका अनियमित अवाञ्छित गरेर पनि जितेँ भन्ने लाग्ला। तर मेरो एजेण्डाले जितेको छ मैले हारेको छैन।’
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












