एमाले र कांग्रेसको महाधिवेशन भीड जम्मा गर्ने थलोमात्रै : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेपाली कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भीड जम्मा गर्ने थलोमात्रै भएको टिप्पणी गरेका छन् ।
शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले एमाले र कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको बताएका हुन् ।
एमाले अधिवेशनलाई पञ्च¥यालीको संज्ञा प्रचण्डले एमाले अधिवेशन विचारहीनता र विचार शून्यताको अधिवेशनको रुपमा सम्पन्न भएको बताए ।
‘तपाईं हामी सबैले देख्यौं नि त्यहाँ कुनै प्रस्ताव माथि छलफल भयो ? कुनै विचारमा बहस भयो ? त्यहाँ माक्र्सवादको म पनि उच्चारण गरियो नेतृत्वबाट कहीँ ? समाजवादको कुरा गरियो भन्दा कहीँ केही छैन । त्यहाँ व्यक्ति पूजाको कुरा गरियो । व्यक्तिको अन्धताको प्रचार गरियो । र सिद्धान्तहीनताको प्रदर्शन गरियो’ प्रचण्डले एमालेबारे भने ।
त्यस्तै अहिले चलिरहेको नेपाली कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै उनले आलोचना गरे ।
‘उहाँहरुको त झन् विचार, सिद्धान्त, सम्मेलन भनेको हिजो उद्घाटन भयो, आज नोमिनेसन हुन्छ, भोलि फिर्ता लिने गर्ने हुन्छ । पर्सि चुनाव हुन्छ सिद्धियो । त्यहाँ राष्ट्र कस्तो बनाउने ? कसरी लैजाने ? हाम्रो संविधानले भनेको समाजवादउन्मुख राज्य कसरी बनाउने होला भन्नेतिर बहस छैन’ उनले भने ।
प्रचण्डले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको बताए । आगामी राष्ट्रिय सम्मेलनबाट २१ औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने उनको भनाइ छ ।
‘हाम्रो अबको गन्तव्य क्लियर नदेखिनु, नेताको दिमागले पनि, कार्यकर्ताको दिमागले पनि अब हाम्रो हिँड्ने बाटो यही हो भन्ने कुरा प्रष्ट नदेखिनु नै हामी सबैको समस्या हो अहिले । हामी सबैको समस्या गन्तव्य क्लियर चित्र देखिदैन । हेर्न खोज्यो चित्र धमिलो हुन्छ । हेर्दै गयो भने अध्याँरो देखिन्छ’ उनले भने ।
माओवादी अस्पष्ट भएका कारण हेपिनुपरेको भन्दै प्रचण्डले माओवादीलाई हराउने तागत नेपालमा कसैको नभएको दाबी गरे ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












