गगन र विश्वप्रकाश : ढुङ्गाको काप फोरेर उम्रेका पिपल
काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीतिबाट उदाएका गगनकुमार थापा पार्टीको महामन्त्री पदमा निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत बिहीबार सार्वजनिक मत परिणामानुसार थापा महामन्त्रीमा विजयी भएका हुन् ।
०४६ सालमा कक्षा–९ मा अध्ययरत रहँदा उनी नेविसंघमा प्रवेश गरेका थिए । नेविसंघको उपाध्यक्ष, महामन्त्री हुँदै संविधानसभा सदस्य भए । ०७३–०७४ मा स्वास्थ्यमन्त्री भएका थिए । ०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनबाट सांसदमा विजयी भए ।
उनले तत्कालीन राजाको निरंकुश कदमविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको अगुवाइ गरेका थिए । स्वतन्त्रताका लागि आन्दोलनको नेतृत्व गर्दै गर्दा ०६०–०६१ मा राज्यविरुद्धको आरोपमा राजद्रोहको मुद्दा खेपेका थिए । जेलमै रहँदा एम्नेष्टी इन्टरनेसनलद्वारा उनलाई ‘आस्थाको बन्दी’को घोषणा गरिएको थियो ।
शान्तिपूर्ण रूपमा आफ्नो आस्था प्रकट गरेकै आधारमा बन्दी बनाइएका विश्वका प्रतिष्ठित राजनीतिज्ञलाई यस्तो बन्दी घोषणा गर्ने गरिन्छ । थापाभन्दा अघि नेपालमा सन्तनेता कृष्णप्रसाद भट्टराईलाई उक्त घोषणा गरिएको थियो ।
थापाले ०६२/६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर विद्यार्थी तथा आन्दोलनकारीहरूलाई नेतृत्व प्रदान गरेका थिए ।
यस्तो छ गगनको राजनीतिक यात्रा
– २०४६ सालमा कक्षा–९ मा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आबद्ध
– २०४६ सालको जनआन्दोलनमा सहभागिता
– २०५१ मा स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसको सदस्य
– २०५३ सालमा स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसको सचिव
– २०५३ सालमा स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसको सभापति
– २०५५ सालमा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य
– २०५७ सालमा नेपाल विद्यार्थी संघका उपाध्यक्ष
– २०५९ सालमा नेपाल विद्यार्थी संघको महामन्त्री
– तत्कालीन राजाको निरंकुश कदमविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको अगुवाइ
– स्वतन्त्रताको लागि आन्दोलनको नेतृत्व गर्दा २०६०/२०६१ राज्यविरुद्धको आरोपमा राजद्रोहको मुद्दा
– जेलमै रहँदा एम्नेष्टी इन्टरनेसनलद्वारा ‘आस्थाको बन्दी’को घोषणा
– २०६२/६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर नेतृत्व प्रदान
– २०६२/६३ को एजेन्डा स्थापित गराउन, शान्तिपूर्ण रूपमा राजनीतिक परिवर्तनका लागि अग्रणी भूमिका
– २०६४ सालमा पार्टीको तर्फबाट समानुपातिकतर्फ संविधानसभा सदस्य
– २०६५ सालमा संसद्को प्राकृतिक स्रोत समितिमा रहेर ऊर्जा उपसमितिको नेतृत्व, ऊर्जा संकट समाधान गर्न ऊर्जा सुरक्षालगायत विषयमा सक्रिय
– २०६७ सालमा भएको नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित
– २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–४ बाट अत्यधिक मतसहित विजयी
– २०७१ मा कृषि तथा जलस्रोत समितिको सभापतिको रूपमा कृषि, ऊर्जा, जलस्रोतलगायत क्षेत्रमा नीतिगत पहल
– २०७२ सालको कांग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मदेवार र पराजित
– २०७३-२०७४ सालमा नौ महिनाको छोटो समय स्वास्थ्यमन्त्री
– २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट पुनः सांसद निर्वाचित
– २०७८ सालको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजयी ।
विद्यार्थी जीवनबाट नै राजनीतिमा होमिएका विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री बन्न सफल भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार सम्पन्न मतगणनानुसार उनी महामन्त्रीमा निर्वाचित भएका हुन् ।
शर्माले वि.सं. २०४० सालमा कक्षा ८ मा अध्ययन गर्दा नै कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) धुलावारी स्कुलको सभापति बनेका थिए । २०५७ सालमा नेविसंघको केन्द्रीय सभापति बनेका शर्मा पार्टीको प्रवक्ता हुँदै महामन्त्री बनेका छन् । ५१ वर्षीय शर्मा प्रखर वक्ताका रुपमा चिनिन्छन् ।
यस्तो छ उनको राजनीतिक यात्रा–
जन्म – २०२७ पुस ६ गते, धुलावारी
२०४० – ८ कक्षा पढ्दा नेविसंघ सभापति, धुलावारी स्कुल
२०४१ – ९ कक्षा पढ्दा पुलिस कस्टडी
४३–४५– मेची क्याम्पस नेविसंघ सभापति
२०४७ – नेविसंघ झापा सभापति
२०४८ – नेविसंघ केन्द्रीय सदस्य
२०५३ – नेविसंघ महामन्त्री
२०५७ – नेविसंघ केन्द्रीय सभापति
२०६७ – झापा जिल्ला सभापतिमा पराजित
२०७० – संविधान सभामा पराजित
२०७४ – प्रतिनिधिसभा सदस्यमा पराजित
२०७२ – कांग्रेस केन्द्रीय सदस्य
२०७४ – पार्टी प्रवक्ता
२०७८ – महामन्त्री (नवनिर्वाचित)
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












