संसदको अवरोध हटाउन सत्ता पक्षले पहल गर्नुपर्छ : महासचिव पोखरेल
‘सभामुखले राजीनामा दिएर नयाँ प्रक्रिया अगाडि बढाउनु पर्यो नभए संसद चल्न सक्दैन’
काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल महाधिवेशनबाट पुस्तान्तरणमा एमाले पहिलो भएको र अरु पार्टीले त्यसको फलो गरेको दावी गरेका छन्। ४५ प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यमा रहेको उनले बताए।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपाको निरन्तरतामा रहेका र माधव नेपालसँग असहमति राखेका साथीहरुसँग विभेद नराखिएको उनले बताए। सबैलाई एकै प्रकारको कामको जिम्मेवारी दिन नसकिने उनको भनाई छ। पार्टीका तर्फबाट कारबाही गरिएका सांसदहरुलाई सभामुखले सूचना टाँस गरेकोले त्यसमा असहमति रहेको उनले बताए। उनीहरुको
विषयमा टुंगो नलागेसम्म संसद चल्न नसक्ने पोखरेलले बताए। ‘कि सभामुखले राजीनामा दिए नयाँ प्रक्रिया अगाडि बढाउनु पर्यो नभए संसद चल्न सक्दैन’, उनले भने, ‘कारबाही गरिएका सांसदहरुको विषयमा सर्वोच्चमा मुद्दा दायर पनि गरेका छौं। त्यसको फैसला आएको छैन। संसदको अवरोध हटाउनका लागि सत्ता पक्षले पहल गर्नुपर्छ। त्यसपछि संसदका विजनेसभित्र प्रवेश गर्छौं।‘ एमसिसीको विषयमा त्यसपछि मात्र प्रदेश गर्ने उनले बताए। एमसिसीको विषयमा सरकारले के गर्छ भन्नेबारे नै टुंगो नलागेको उनको भनाई छ।
मत मिल्नेहरुसँग राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गरिने उनले बताए। ‘हामीलाई दिएको जनादेशलाई माधव नेपालबाट खण्डित गरिएको छ। यो निर्वाचन जनादेशको प्रतिविम्ब होइन त्यसकारण हामी त्यति धेरै चिन्ता गर्दैनौं’, उनले भने, ‘हामी आम निर्वाचनतर्फ केन्द्री छौं।’ उनले गठबन्धनको दिशा दक्षिणपन्थ र प्रतिक्रान्तितर्फ रहेको बताउँदै त्यसले परिवर्तनलाई उल्ट्याउने दाबी गरे।
एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लगाएको आरोपबारे सोधिएको प्रश्नमा उनले त्यो सत्य भएको दावी गरे। ‘माघ १९ पछि माओवादीले सार्वजनिक गरेको विज्ञप्तिले नै त्यसको प्रष्ट पार्छ। बाबुराम र प्रचण्डको अन्तरकलहको समयमा पनि यी विषय आएका छन्। यो गलत कुरा होइन सत्य हो। तपाईहरुले बाहिर ल्याइदिनुस्।‘ ओलीले प्रचण्डको राजासँग साँठगाँठ रहेको आरोप लगाएका थिए।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












