राष्ट्रिय सभामा एमालेको अवरोध कायमै, अनिश्चितकालका लागि स्थगित
काठमाडौँ । राष्ट्रिय सभा प्रमुख प्रतिपक्षी दल एमालेको विरोध कायमै रहेपछि अनिश्चितकालका लागि स्थगित भएको छ ।
सोमबार १ बजे बसेको राष्ट्रिय सभाको बैठकमा एमालेका सांसदहरूले सिटबाट उठेर अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि पटकपटक आग्रह गरेका थिए । ‘यहाँहरूले आफ्ना कुरा राखिरहनुभएको छ । राष्ट्रको ध्यान समग्र सदन सञ्चालनको बारेमा पक्कै पनि गएको छ । राष्ट्रिय सभामा आफ्ना भनाइहरू पनि राखौं र नियमित ढंगले हाम्रा जे विधेयक छन् अगाडि बढाउनका लागि मुख्यगरी प्रमुख प्रतिपक्षी दलका माननीयहरूलाई बसेर सहयोग गर्न आग्रह गर्दछु,’ उनको आग्रह थियो, ‘हामी सदनमा देशको बारेमा, विकासको बारेमा, समग्र राष्ट्रको अर्थतन्त्रको बारेमा छलफल गरौं, विचार राखौं र जसले गर्दा देशलाई अगाडि बढाउन मद्दत पुग्छ र सदनको मर्यादा पनि कायम हुन्छ । त्यसैले बस्न आग्रह गर्दछु ।’
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरेको आग्रह एमालेका सांसदहरूले मानेनन् । त्यसपछि अध्यक्ष तिमिल्सिनाले अनिश्चित कालका राष्ट्रिय सभाको बैठक स्थगित भएको सूचना सुनाएका थिए ।
राष्ट्रिय सभामा एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षीले उठाएका प्रश्नको जवाफ आउनुपर्ने बताएका थिए । उनले सत्तापक्षबाट भन्दा पनि प्रतिपक्षबाट बढी अपेक्षा गरिएको भन्दै असन्तुष्टि राखेका थिए । ‘प्रमुख प्रतिपक्षी दल जिम्मेवार हुनुपर्ने हो कि सत्तापक्ष ? प्रमुख प्रतिपक्षबाट बढी अपेक्षा गरिएको छ,’ उनले भनेका थिए, ‘१० औँ अधिवेशन अवरुद्ध गर्ने क्रममा जुन विषय उठाएका छन् ती अझै यथावत छन् । हामीले कारबाही गर्नका लागि उठाएका विषय यथावत छन् । देशको ठूलो पार्टी एमालेले भनेका कुरा सरकारले सुनेको छैन ।’
सर्वदलीय बैठक बोलाउँदा पनि देखावटी काम गरिएको दाहालको भनाइ थियो । उनले माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नगरेसम्म विरोध जारी रहने जानकारी गराएका थिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












