जनताको नजरमा माओवादीका १० लोकप्रिय नेता, कसले कति मत पाए ?
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा पुस ११ देखि जारी छ ।
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को राजनीतिक तथा वैचारिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान प्रतिवेदन बन्दसत्र हलबाट सर्वसम्मत रूपमा पारित भएको छ ।
नयाँ नेतृत्व छनोटको विषयमा छलफल जारी छ । पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति नभए निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने तयारीमा निर्वाचन आयोग रहेको छ । प्रजातान्त्रिक प्रणालीमा निर्वाचन प्रक्रियालाई सुन्दर लोकतान्त्रिक अभ्यासको रूपमा लिइन्छ ।
निर्वाचन प्रक्रिया स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुका साथै नेताको लोकप्रियता मापन गर्ने मुख्य आधार पनि हो ।
माओवादी केन्द्रको जारी महाधिवेशनस्थल प्रज्ञा भवनको मूलद्वारको बायाँतर्फ लेखनाथ हलको बाहिरी भित्तामा ‘जनमत सर्वेक्षण’ नाम दिएको ब्यानर देख्न सकिन्छ ।
मिडिया एकेडेमी नेपालको ब्यानरमा राखिएको जनमत सर्वेक्षणमा माओवादीका १० लोकप्रिय नेताहरूको मत सर्वेक्षण देखाइएको छ ।
राजनीतिक विषयमा जनताको धारणा सार्वजनिक गर्ने हिसाबले एमाले माहाधिवेशनबाट सुरू गरिएको अभियान्ता द्रोण पराजुलीले न्युज नेपाललाई जानकारी दिए। उनका अनुसार विश्वको कुनाबाट फेसबुक, ट्विटर, मोबाइल एसएमएस र वेबसाइट www.matadan.com मार्फत मनपर्ने नेतालाई २४ सै घण्टा भोट गर्न सकिनेछ ।
आइतबार दिउँसो ३ बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रका सबैभन्दा लोकप्रिय नेतामा अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ रहेका छन् । सबैभन्दा बढी मतका साथ उनी पहिलो नम्बरमा छन् । उनले १६,५०० मत ल्याएका छन् ।
दोस्रोमा पूर्व अर्थमन्त्री एवं स्थायी कमिटी सदस्य वर्षमान पुनले १४३०१ मत पाएका छन् । तेस्रोमा पूर्व उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठ १२६०९, चौथो प्रचण्डकी बुहारीसमेत रहेकी नेतृ बिना मगर छिन् । उनले १२८५० मत पाएकी छन् ।
त्यस्तै, पाचौंमा सुवोधराज शेर्पालीले १२२६० मत पाएका छन् । हालका अर्थमन्त्री जनार्दन शर्मा भने छैठौंमा रहेका छन् । उनले ११०५५ मत पाएका छन् । १० हजार ३२३ मतसहित पूर्वमन्त्री गणेशमान पुन सातौं नम्बरमा छन् ।
आठौंमा रहेका तिलकराज भण्डारीले १०२४५ मत पाएका छन् । त्यस्तै नवौंमा पूर्वमन्त्री शक्ति बस्नेत छन् । उनले १०२२७ मत पाएका छन् । अन्तिम दशमा माओवादी संसदीय दलका उपनेता देव गुरुङ रहेका छन् । उनले १०११२ मत पाएका छन् ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












