जनताको नजरमा माओवादीका १० लोकप्रिय नेता, कसले कति मत पाए ?
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा पुस ११ देखि जारी छ ।
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को राजनीतिक तथा वैचारिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान प्रतिवेदन बन्दसत्र हलबाट सर्वसम्मत रूपमा पारित भएको छ ।
नयाँ नेतृत्व छनोटको विषयमा छलफल जारी छ । पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति नभए निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने तयारीमा निर्वाचन आयोग रहेको छ । प्रजातान्त्रिक प्रणालीमा निर्वाचन प्रक्रियालाई सुन्दर लोकतान्त्रिक अभ्यासको रूपमा लिइन्छ ।
निर्वाचन प्रक्रिया स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुका साथै नेताको लोकप्रियता मापन गर्ने मुख्य आधार पनि हो ।
माओवादी केन्द्रको जारी महाधिवेशनस्थल प्रज्ञा भवनको मूलद्वारको बायाँतर्फ लेखनाथ हलको बाहिरी भित्तामा ‘जनमत सर्वेक्षण’ नाम दिएको ब्यानर देख्न सकिन्छ ।
मिडिया एकेडेमी नेपालको ब्यानरमा राखिएको जनमत सर्वेक्षणमा माओवादीका १० लोकप्रिय नेताहरूको मत सर्वेक्षण देखाइएको छ ।
राजनीतिक विषयमा जनताको धारणा सार्वजनिक गर्ने हिसाबले एमाले माहाधिवेशनबाट सुरू गरिएको अभियान्ता द्रोण पराजुलीले न्युज नेपाललाई जानकारी दिए। उनका अनुसार विश्वको कुनाबाट फेसबुक, ट्विटर, मोबाइल एसएमएस र वेबसाइट www.matadan.com मार्फत मनपर्ने नेतालाई २४ सै घण्टा भोट गर्न सकिनेछ ।
आइतबार दिउँसो ३ बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रका सबैभन्दा लोकप्रिय नेतामा अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ रहेका छन् । सबैभन्दा बढी मतका साथ उनी पहिलो नम्बरमा छन् । उनले १६,५०० मत ल्याएका छन् ।
दोस्रोमा पूर्व अर्थमन्त्री एवं स्थायी कमिटी सदस्य वर्षमान पुनले १४३०१ मत पाएका छन् । तेस्रोमा पूर्व उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठ १२६०९, चौथो प्रचण्डकी बुहारीसमेत रहेकी नेतृ बिना मगर छिन् । उनले १२८५० मत पाएकी छन् ।
त्यस्तै, पाचौंमा सुवोधराज शेर्पालीले १२२६० मत पाएका छन् । हालका अर्थमन्त्री जनार्दन शर्मा भने छैठौंमा रहेका छन् । उनले ११०५५ मत पाएका छन् । १० हजार ३२३ मतसहित पूर्वमन्त्री गणेशमान पुन सातौं नम्बरमा छन् ।
आठौंमा रहेका तिलकराज भण्डारीले १०२४५ मत पाएका छन् । त्यस्तै नवौंमा पूर्वमन्त्री शक्ति बस्नेत छन् । उनले १०२२७ मत पाएका छन् । अन्तिम दशमा माओवादी संसदीय दलका उपनेता देव गुरुङ रहेका छन् । उनले १०११२ मत पाएका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












