गुटबन्दी गर्दिन भन्ने शेखरले किन बोलाए गुटको बैठक ?
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएपछि डा. शेखर कोइरालाले आफूले गुटबन्दी पनि नगर्ने र भागबण्डा पनि नखोज्ने बताएका थिए ।
यद्यपि महाधिवेशन सम्पन्न भएको ३ साता नबित्दै शेखरले आफ्नो समूहको छलफल र भेला प्रारम्भ गरेका छन् ।
मंगलबार आफ्नो समूहका सिनियर नेताहरुसँग परामर्श गरेका कोइरालाले आज समूहको विस्तारित बैठक बोलाएका छन् । बैठकमा उपस्थित हुन १४ औं महाधिवेशनमा कोइराला नेतृत्वको प्यानलबाट प्रतिस्पर्धा गरेका सबै उम्मेदवारहरुलाई बोलाइएको छ ।
त्यस्तै प्रदेश समितिको सभापतिमा जितेका र उम्मेदवार बनेका नेताहरुलाई पनि बैठकमा बोलाइएको छ । हनुमानस्थानमा रहेको होटल बसेरमा दिउँसो २ बजे बोलाइएको बैठकलाई कोइराला समूहले समीक्षा बैठकको संज्ञा दिएको छ ।
किन बोलाइयो बैठक ?
गुटबन्दी नगर्ने घोषणा गरे पनि पार्टीभित्र आफ्नो समूहलाई पाखा लगाउन खोजिएको महशुस कोइरालाले गरेका छन् । मंगलबार सिनियर नेताहरुसँगको बैठकमा उनले गुटबन्दी नगर्ने र भागबण्डा नखोज्ने नीतिलाई सभापति शेरबहादुर देउवाले गलत अर्थमा बुझेको बताएका थिए ।
‘गुटबन्दी नगर्ने भनेको अन्याय सहने भनेको होइन । हामीलाई वेवास्ता गर्न खोजिएको छ । यसबारे समूहका साथीहरुको धारणा के छ भनेर बुझ्नका लागि आन्तरिक समीक्षा गर्नुपर्छ’, अनुपम फुडल्याण्डको बैठकमा कोइरालाले भनेका थिए ।
केन्द्रीय समितिको वरियता, राष्ट्रियसभाको टिकट वितरण तथा केन्द्रीय सदस्यहरुको मनोनयनबाट सभापति देउवाले आफ्नो समूहलाई अस्वीकार गर्न खोजेको ठहर कोइराला पक्षको छ ।
‘हाम्रो सदाशयतालाई कमजोरी ठान्ने र प्रतिशोधपूर्ण व्यवहार गर्ने संकेत सभापतिले देखाउनुभएको छ । १४ औं महाधिवेशनमा हामीले समूह बनाएर प्रतिस्पर्धा गरेकै हो । सभापतिले आफ्नो गुटको मात्रै कुरा गरेपनि हामीले पनि हाम्रो समूहको साझा धारणा बनाउन जरुरी छ’, कोइराला पक्षका नेता अर्जुननरसिंह केसीले भने ।
खुट्टा दह्रो गर्न नेतृत्वलाई दवाव
कोइराला समूहले १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेकै आधारमा देशभरीका नेता कार्यकर्ताले ‘विभेद’ खेप्नुपर्ने अवस्था आउनसक्ने आँकलन गरिएको छ ।
डा. चन्द्र भण्डारी र डा. मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य मनोनित नगरेर सभापति देउवाले कोइरला समूहलाई मनोवैज्ञानिक रुपमै चुनौती दिन खोजेको छ । ‘कतिपय विषयहरुलाई सामान्य मान्न सकिएला तर सिनियर नेताहरुलाई ह्युमिलेट गर्ने प्रयास सभापतिले गर्नुभएको छ । यसले गर्दा समर्पण होइन संघर्ष गर्नुपर्छ भन्ने सुझाव देशैभरीबाट आइरहेको छ’, कोइराला समूहका एक नेताले भने ।
सभापतिको निकटतम प्रतिस्पर्धी भएका कारण कोइराला तथा उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा लगायतलाई सशक्त प्रतिवादका लागि दह्रो खुट्टा बनाउन नेता कार्यकर्ताहरुले दवाव दिदैं आएका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












