प्रचण्डको प्रस्तावमा स्थानीय चुनाव धकेल्ने नियत छ, त्यो हामीलाई मान्य छैन: प्रदीप ज्ञवाली
काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन सारिए एमालेलाई मान्य नहुने बताएका छन्।
ज्ञवालीले निर्वाचन आयोगले प्रस्ताव गरेकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए। त्योभन्दा अगाडि या लगत्तै संघ र प्रदेश संसदको निर्वाचन भएमा आफूहरूलाई स्वीकार्य हुने उनले बताए।
बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धनको बैठकमा वैशाखमा संसदको र मंसिरमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेका थिए।
एमाले उपमहासचिव ज्ञवालीले प्रचण्डको उक्त प्रस्ताव अनुचित रहेको बताए।
‘यो प्रस्ताव स्थानीय तहको निर्वाचन पर धकेल्ने नियतका साथ आएको छ। अर्को कुरा उहाँहरूले हिजो प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भनेर विरोध गर्नुभयो। अहिले उहाँहरू आफ्नो भनाइविपरीत उभिन खोज्नुभयो,’ उनले भने,’एक वर्षअघि प्रतिनिधि सभा विघटन गर्नु र चुनाव गर्नु प्रतिगमन हुन्छ भने ६ महिना अगाडि गर्दा कसरी अग्रमन हुन्छ। त्यो संवैधानिक र कानुनी दृष्टिकोणले पनि गलत प्रस्ताव हो।’
ज्ञवालीले सत्तारूढ दलको मनसाय स्थानीय तहको निर्वाचनलाई पर धकेल्नु रहेको बताए। स्थानीय तहमा रिक्तता सिर्जना गर्ने र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उनको भनाइ छ।
‘चुनाव गराउने नियतले यो कुरा आएको छैन। त्यतिबेला हामीले एउटा आधार बनाएर विघटन गरेका थियौं। हामीले वाम गठबन्धनको पक्षमा जनमत पाएका थियौं। पछि त्यो जनमत खण्डित भएकाले निर्वाचनमा जाने भनेको हो,’ ज्ञवालीले भने,’पहिला नै चुनावमा जाने हो भने विगतमा प्रतिनिधि सभा विघटन र निर्वाचनको मिति घोषणा हुनुलाई प्रतिगमन भनेर हामीले गलत गरेछौं भन्नुपर्यो।’
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












