स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किदै वर्षमान पुन
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अनन्त चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्किंदै छन्।
सोमबार साँझ साढे ७ बजे नेता पुन काठमाडौं आइपुग्ने उनकी बहिनी लालकुमारी पुनले जानकारी दिइन्।
नेता पुन हिमालय एयरलाइन्सको विमानमार्फत् स्वदेश आउन लागेका हुन्।
‘चीनमा मेडिकल सामाग्री लिन गएको हिमालय एयरलाइन्सको विमानबाट आउने व्यवस्था मिलाइएको छ, यो चार्टर्ड विमान होइन’, वर्षमान पुनका सहयोगी सन्तोष पुनले भने।
नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पुनकी पत्नी ओनसरी घर्ती पनि सँगै नेपाल फर्किंदैछिन्। पुनले आफू पूर्ण पूर्णरुपमा निको भएर स्वदेश फर्किन लागेको भन्दै ट्वीट गरेका छन्।
जण्डिसको गम्भीर समस्या देखिएपछि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा पुनको उपचार गरिएको छ। उनको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको पारिवारिक स्रोतले जनाएको छ।
सुरुमा वर्षमानको जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ ठिक नभएपछि चिकित्सककको परामर्शमा गएको १३ असोजमा उनलाई थप उपचारको लागि थाइल्याण्डको राजधानी बैंकक लगिएको थियो।
बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा पुनलाई थप उपचारको लागि चीन लगिएको थियो।
वर्षमान पुन चीनबाट फर्किएपछि माओवादी केन्द्रले पदाधिकारी चयन गर्ने चर्चा राजनीतिक वृत्तमा छ। पुनले पार्टीमा महासचिवको दावी गर्दै आएका छन्।
पदाधिकारी छान्न माओवादी केन्द्रले यही माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












