नेको इन्स्योरेन्सद्वारा ६ महिनामा ६० करोड दाबी भुक्तानी
काठमाडाैँ । नेको इन्स्योरेन्स कम्पनीले ६ महिनामा ६० करोड दाबी भुक्तानी गरेको छ ।
गत आर्थिक वर्षको बक्यौता दावी भुक्तानीमध्ये करिब ७० प्रतिशत चालु आवको ६ महिनामै गर्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले २०७८ असारसम्म बाँकी दावीहरु मध्ये आर्थिक वर्ष २०७८÷-७९ को ६ महिनामा करिब ७० प्रतिशत दावी भुक्तानी गरेको हो ।
आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा मोटर बीमामा ३३ करोड, इन्जिनियरिङ बीमामा ३.२५ करोड, कृषि बीमामा करिब ३ करोड, सम्पत्ति बीमामा १० करोड, सामुद्रिक बीमामा करिब २ करोड, विविध बीमामा ७ करोड गरी करिब ६० करोड दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले समयमा दावी भुक्तानी गरेको परिणाम स्वरुप ग्राहकको विश्वास जित्न सफल भई व्यवसायमा पनि गत वर्षको ६ महिनामा १८ प्रतिशतले वृद्धि गर्न सफल भएको जनाएको छ । त्यसैगरी कम्पनीले शेयर धनीहरुलाई १५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव गरी आब २०७७-७८ को वित्तीय विवरण बीमा समितिमा पेश गरेको छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक...
-
मुग्लिन–काठमाडौँ सडकखण्ड आजदेखि दैनिक तीनघण्टा बन्द
भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा...
-
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको...
-
शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
काठमाडौँ : सन् २०१९ को तुलनामा सन् २०२२ मा शून्य दशमलव ७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा...
-
हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण...
-
नारामा सिमित कृषि, संकटमा अर्थतन्त्र
काठमाडौं । एक दाउरे दाउरा खोज्ने हेतुले खाली खुट्टै वनतिर लाग्यो । प्रयाप्त दाउरा खोज्न सफल भयो । खुसी हुँदै...
-
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
काठमाडौँ : पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक...
-
इप्पानले विशेष कार्यक्रमसहित रजत महोत्सव मनाउने
काठमाडौँ: मुलुकको ऊर्जा क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित आफ्नो स्थापनाको रजत महोत्सव...