गठबन्धनका जनप्रतिनिधि लालच र प्रलोभनमा फसे, अन्तर्घातको निर्मम समीक्षा गर्छौंः मन्त्री आङ्बो
इटहरी । प्रदेश १ का नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा गठबन्धन सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बुधबार भएको राष्ट्रियसभा चुनावमा गठबन्धनमा अन्तर्घात भएको स्वीकार गरेका छन ।
सामाजीक संजाल फेसबुकमा आङ्बोले पार्टी नेतृत्वप्रति इमारदार नहुँदा लालच र प्रलोभनमा परेर गम्भीर अन्तर्घात भएको लेखेका छन् । उनले अन्तर्घात क्षम्य नहुने भन्दै गम्भीर र पारदर्शी छानविन हुने उद्घोष गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन, ‘संघियताप्रति चौतर्फि प्रहार भइरहेका बेला झन हामी १ नम्बर प्रदेशका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु हाम्रो एजेन्डा, जनता, पार्टी अनि नेतृत्वप्रति इमानदार बन्न सकेनाैं, लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तर्घात कुनै पनि पार्टीको निम्ती क्ष्यम्य हुन्न । अब निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नपर्छ । बढ्दैछ ।’
प्रदेश १ का गठबन्धनका तीन उमेद्वारमा नेकपा एकिकृत समाजवादीकी जयन्ती राईले मात्रै एमाले उमेद्वार सुमित्रा मन्डारीलाई सहजै हराएकी थिइन । राईको ४६५२ आउँदा भन्डारीको ४३६२ आएको थियो । अल्पसंख्यकबाट एमालेका उमेद्वार सोनाम ग्याल्जेन शेर्पाले ४७३४ मतले जित्दा गठबन्धनका द्वार हेमराज राई ४३६८ मत पाएर पराजित भए । खुल्लामा एमालेका गुरु बराल र गठबन्धनका गोपाल बस्नेतको बराबर ४४८८ मत आएको थियो । गोलाबाट बस्नेत भाग्यामानी बने ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












