जोर–बिजोर हटाउने तयारीमा तयारीमा उपत्यकाका सिडिओ
काठमाडाैँ । सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली लागू गर्दा झन् भिडभाड बढेको गुनासो आएपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले त्यसतर्फ चासो देखाएका छन्।
तीन जिल्लाका सिडिओहरूले अघिल्लो बुधबारदेखि जोर-बिजोर नियम लागू गराएका थिए। सार्वजनिक र निजी सेवा प्रदायक संघ–संस्था र कार्यालयहरू खुलिरहेको अवस्थामा सार्वजनिक तथा निजी यातायातमा जोर-बिजोर नियम लागू गरेपछि बस, माइक्रो, टेम्पोलगायतका सार्वजनिक यातायातमा अत्यधिक भिडभाड बढेको छ। सोही विषयलाई मध्यनजर गर्दै छलफलको तयारी भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।
उनका अनुसार सिसिएमसिसी र स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरेर जोर-बिजोर हटाउने तयारी गरिएको छ। ‘हामीले भिडभाड कम गर्नका लागि जोर-बिजोर लागू गरेका हौँ, एक साता पनि भयो, तर सीमित यातायातका साधन गुड्दा झ्न बढी भिडभाड भयो, कि त अन्य सेवा प्रदायक कार्यालयहरू पनि बन्द हुनुपर्दथ्यो,’ उनले भने, ‘यसलाई हामी आजभोलिमै सहज गराउने प्रयास गरिरहेका छौँ।’ उनले भक्तपुर र काठमाडौंका सिडिओसँग छलफल भइरहेको पनि जानकारी दिए।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












