कांग्रेसको कार्यसम्पादन समिति गठन : को–को परे ३७ जनामा ?
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ ।
केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा गरेको प्रस्ताव सर्वसम्मतरूपमा पारित भएको हो ।
कार्य सम्पादन समितिमा ३५ जनामा सभापति देउवासहित १३ जना पदाधिकारी छन् भने अन्यमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारीहरू छन् ।
कांग्रेस विधानमा पदाधिकारी र प्रवक्ता कार्यसम्पादन समितिमा स्वतः रहने व्यवस्था गरेको छ । पदाधिकारीमध्ये कोषाध्यक्ष र प्रवक्ताको मनोनयन हुन बाँकी रहेको छ । त्यसबाहेक कार्यसम्पादन समितिमा ३१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ ।
कार्यसम्पादन समितिमा ४६ जना हुने व्यवस्था छ । ४६ जना मध्ये कांग्रेसले ३५ जनाको समिति गठन गरेको छ । ११ जनालाई पछि मनोनयन गरिनेछ । बैठकमा सभापति देउवाले कोडिभका कारण भर्चुअल बैठक बस्नुपरेको बताएका थिए । बैठकमा महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको नाम पढेर सुनाएका थिए ।
यस्तो छ कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति
१.शेरबहादुर देउवा – सभापति
२.रामचन्द्र पौडेल – वरिष्ठ नेता
३.पूर्णबहादुर खड्का – उपसभापति
४.धनराज गुरुङ – उपसभापति
५.गगन थापा– महामन्त्री
६.विश्वप्रकाश शर्मा–महामन्त्री
७.फरमुल्लाह मन्सुर – सहमहामन्त्री
८.भीष्मराज आङदाम्बे – सहमहामन्त्री
९.उमाकान्त चौधरी( सहमहामन्त्री
१०.महेन्द्र यादव – सहमहामन्त्री
११.महालक्ष्मी उपाध्याय डिना –सहमहामन्त्री
१२.किशोरसिंह राठौंर( सहमहामन्त्री
१३.बद्री पाण्डे – सहमहामन्त्री
१४.जीवन परियार – सहमहामन्त्री
१५.गोपालमान श्रेष्ठ
१६.प्रकाशमान सिंह
१७.विमलेन्द्र निधि
१८.विजयकुमार गच्छदार
१९.कृष्णप्रसाद सिटौला
२०.डा.शशांक कोइराला
२१..चित्रलेखा यादव
२२.डा.रामशरण महत
२३.अर्जुननरसिंह केसी
२४.डा.प्रकाशशरण महत
२५.सुनिलबहादुर थापा
२६.डा.शेखर कोइराला
२७.बालकृष्ण खाण
२८.ज्ञानेन्द्रबहादुर कार्की
२९.बलबहादुर केसी
३०.उमा रेग्मी
३१.रमेश रिजाल
३२.डा.नारायण खड्का
३३.जीपछिरिङ लामा
३४.एनपी साउद
३५.जीवनबहादुर शाही
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












