ताजा समाचार

काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी

१७ घाइतेको धुलिखेल अस्पतालमा उपचार जारी

काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।

बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो । दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। घटनामा अन्य यात्रुहरू पनि घाइते भएको आशंका गरिएको भए पनि घाइतेको यकिन संख्या सार्वजनिक भएको छैन।

मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका १७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ । दुर्घटनाको कारण पनि तत्काल खुल्न सकेको छैन। यो समाचार तयार पारुन्जेलसम्म घाइतेको संख्या पनि एकिन हुन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org