एमसिसीबारे प्रचण्ड र नारायणकाजीलाई प्रधानमन्त्री देउवाको फोन
काठमाडाैँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट चाँडो पारित गर्नुपर्ने प्रस्ताव गरेका छन्।
प्रचण्ड र श्रेष्ठलाई देउवाले आइतबार बिहान टेलिफोन गरेर एमसिसीबारे छलफल गरेका हुन्।
एमसिसीबारे पार्टीको धारणा प्रष्ट रहेको जवाफ देउवाले पाएका थिए।
‘पार्टीको दृष्टिकोण प्रष्ट भइसकेपछि यो आजै दिउँसै, बेलुकै कुरा गरेर हुँदैन। हामी यसमा प्रष्टै छौ,’ टेलिफोन कुराकानीबारे माओवादी केन्द्रका एक नेताले भने,’जालझेल, छक्का पञ्जाको कुरा भएन। यथास्थितिमा हामी पारित गर्न तयार छैनौं भनेर नेताहरूले भन्नुभएको छ।’
टेलिफोन कुराकानीमा देउवाले ‘तपाईंहरूको कुरा त्यही हो,त्यही हो’भनेर भनेका थिए।
माओवादी केन्द्रले एमसिसी यथास्थितिमा पारित नहुने अडान राख्दै आएको छ।
देउवा र प्रचण्डले एमसिसीलाई लेखेको पत्र सार्वजनिक गरिएकोमा समेत माओवादी केन्द्रले आपत्ति जनाएको स्रोतले बताएको छ।
एमसिसीबारे छलफल गर्न प्रचण्डलाई प्रधानमन्त्री देउवाले आजै बालुवाटार बोलाएका छन्।
स्रोतका अनुसार प्रचण्ड ४ बजे बालुवाटार जाँदैछन्। सोही समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत देउवाले बालुवाटार बोलाएका छन्।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











