प्रचण्ड र माधव नेपालले एमसिसीबारे भ्रम छरे: रामचन्द्र पौडेल
काठमाडाैँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसी सम्झौताबारे भ्रम छरेको आरोप लगाएका छन्।
आफूले गठबन्धन बैठकमै एमसिसी कार्यान्वयनमा लैजान आग्रह गरेको उनको भनाइ थियो।
पौडेल गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिका संयोजक छन्।
‘मैले गठबन्धन बैठकमा नै भने- एमसिसीका बारेमा आमजनतालाई कन्भिन्स गराउनुभयो, अब मलाई कन्भिन्स गराउनुस्। होइन भने कार्यान्वयनमा लैजाऔं,’ गण्डकी प्रदेश कांग्रेस पार्टी कार्यालय उद्घाटन गर्दै आज पौडेलले भने, ‘मुलुकको अर्थतन्त्र चल्नै नसक्ने अवस्थामा पुग्यो। ठूला विकास आयोजना ठप्प छन् यसले पनि मुलुक असफलतातर्फ धकेलिन्छ।’
अध्यक्ष प्रचण्ड र नेपालले एमसिसीबारे भ्रम छरेको उनको आरोप थियो।
यद्यपी उनले गठबन्धनलाई भने चुनावसम्म लैजानुपर्ने बताएका थिए। कांग्रेससँग ३० प्रतिशत मात्रै मत रहेको बताएका उनले ७० प्रतिशत मत भएका पार्टी एक ठाउँमा जान सक्ने भएकोले गठबन्धन आवश्यक परेको तर्क गरेका थिए।
गठबन्धन गरेर राष्ट्रिय सभामा कांग्रेसले ६ सदस्य पाएको उनको भनाइ थियो।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












