सत्ता गठबन्धनकाे बैठक बस्दै, एमसिसीबारे निर्णय गर्ने
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर मत विभाजित भइरहेको सत्ता गठबन्धनको बैठक आइतबार बस्दैछ। बिहान १० बजेका लागि बैठक बोलाइएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गठबन्धन बैठकले एमसिसी संसदमा पेश गर्ने या नगर्ने भन्ने निश्चित गर्ने सम्भावना छ। सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसिसी संसदमा पेश गर्नुपर्ने पक्षमा छ। तर नेकपा माओवादी केन्द्र भने यथाअवस्थामा एमसिसी संसदमा टेबुल गर्ने पक्ष छैन।
नेकपा एकीकृत समाजवादीले संसद सुचारु हुने शर्तमा एमसिसी संसदमा टेबुल गर्न दिने निर्णय गरेको छ। तर यथास्थितिमा एमसिसी संसदबाट पास गर्न नसकिने पक्षमा एकीकृत समाजवादीले माओवादी केन्द्रको अडानमा साथ दिँदै आएको छ।
संसदबाट एसिसी जबरजस्ती पास गरिए सरकारबाट बाहिरिने निर्णयसम्म माओवादी केन्द्र पुगेको छ। एकीकृत समाजवादीले सरकारबाट बाहिरिने निर्णय भने गरिसकेको छैन।
पछिल्लो समय माओवादी केन्द्र पनि एमसिसी संसदमा पेश गर्नसम्म दिने पक्षमा केही लचिलो भएको विश्लेषण छ। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले सभामुख अग्निप्रसाद सापकोटाले शनिबार भेटले गर्नुलाई एमसिसी संसदमा पेस गर्न दिन लचिलो भएको पुष्टि गर्ने राजनीतिक विश्लेषकहरु बताउँछन्।
सत्ता गठबन्धनको अर्को घटक जनता समाजवादीले एमसिसीबारे पार्टीको आधिकारिक धारणा बनाई नसके पनि उ सत्ता गठबन्धनको सामूहिक निर्णयबाट पछि हट्ने सम्भावना छैन। पार्टीभित्र एमसिसीको विषयलाई लिएर दुई धार स्पष्ट देखिएको छ। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई एमसिसी पास गर्नुपर्ने पक्षमा छन् भने पार्टी अध्यक्ष उपेन्द्र यादवले एमसिसी राष्ट्रघाती रहेको अभिव्यक्ति दिँदै आएका छन्। त्यसैले संशोधनविना एमसिसी पास गर्ने पक्षमा यादव छैनन्।
यसै परिवेशमा एससिसीबारे सहमतिमा समान धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठकले आइतबारको संसद बैठकमा एमसिसी पेश गर्ने आन्तरिक एवं भद्र सहमति गरिने सम्भावना रहेको बुझिएको छ।
एमसिसी संसदमा टेबुल गर्न सत्ता गठबन्धन सहमति नजिक पुगेसँगै अब संसद चल्न दिएर एमसिसी पारित गर्ने या नगर्ने ‘बल’ एमालेको कोर्टमा पुगेको राजनीतिक विश्लेषकहरुको भनाइ रहेको छ। संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
लगातार संसदमा अवरोध गर्दै आएको एमालेले पहिले सत्ता गठबन्धनको स्पष्ट धारणा आउनु पर्ने बताउँदै आएको छ। सरकारमा हुँदा एमसिसी पास गर्नुपर्ने पक्षमा रहेको एमाले सत्ताच्युत भई प्रतिपक्षको कित्तामा पुगेपछि यसबारे द्वैध चरित्र देखाउँदै आएको छ। ‘पर्ख र हेर’ को रणनीतिमा रहेको एमाले एमसिसीलाई गिजोलेर सत्ता गठबन्धनमा फुट ल्याउन उद्यत रहँदै आएको छ।
एमसिसी सदनमा पेश गर्ने तयारी भइरहँदा पछिल्ला दिनमा विरोध प्रदर्शन सघन बनेका छन्। सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीकै युवा–विद्यार्थीहरु एमसिसीविरुद्ध सडक आन्दोलनमा छन् । केही स्थानमा एमसिसी विरोधी प्रदर्शनले हिंसात्मक रुप लिएको छ।
आज संसद बैठक भएकाले एमसिसीविरोधी दल तथा मोर्चाहरुले आज पनि आफ्नो प्रदर्शनलाई जारी राख्ने भएका छन्।
अमेरिकी सरकारको सहयोग परियोजना एमसिसी सदनबाट पारित गराउनका लागि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले पत्र लेखेर माग गरेको समय सीमा फागुन १६ मा सकिँदै छ। अमेरिकाले सोही सीमाभित्र पारित गराउन जोड दिँदै नभए सहयोगको भविष्य अनिश्चित हुने चेतावनी दिएको छ। तर उसले एमसिसी पारित गर्ने या नगर्ने नेपालको सार्वभौम निर्णय रहेको पनि स्पष्ट पारेको छ।
Comments
अरु समाचार
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...












