सत्ता गठबन्धनकाे बैठक बस्दै, एमसिसीबारे निर्णय गर्ने
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर मत विभाजित भइरहेको सत्ता गठबन्धनको बैठक आइतबार बस्दैछ। बिहान १० बजेका लागि बैठक बोलाइएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गठबन्धन बैठकले एमसिसी संसदमा पेश गर्ने या नगर्ने भन्ने निश्चित गर्ने सम्भावना छ। सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसिसी संसदमा पेश गर्नुपर्ने पक्षमा छ। तर नेकपा माओवादी केन्द्र भने यथाअवस्थामा एमसिसी संसदमा टेबुल गर्ने पक्ष छैन।
नेकपा एकीकृत समाजवादीले संसद सुचारु हुने शर्तमा एमसिसी संसदमा टेबुल गर्न दिने निर्णय गरेको छ। तर यथास्थितिमा एमसिसी संसदबाट पास गर्न नसकिने पक्षमा एकीकृत समाजवादीले माओवादी केन्द्रको अडानमा साथ दिँदै आएको छ।
संसदबाट एसिसी जबरजस्ती पास गरिए सरकारबाट बाहिरिने निर्णयसम्म माओवादी केन्द्र पुगेको छ। एकीकृत समाजवादीले सरकारबाट बाहिरिने निर्णय भने गरिसकेको छैन।
पछिल्लो समय माओवादी केन्द्र पनि एमसिसी संसदमा पेश गर्नसम्म दिने पक्षमा केही लचिलो भएको विश्लेषण छ। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले सभामुख अग्निप्रसाद सापकोटाले शनिबार भेटले गर्नुलाई एमसिसी संसदमा पेस गर्न दिन लचिलो भएको पुष्टि गर्ने राजनीतिक विश्लेषकहरु बताउँछन्।
सत्ता गठबन्धनको अर्को घटक जनता समाजवादीले एमसिसीबारे पार्टीको आधिकारिक धारणा बनाई नसके पनि उ सत्ता गठबन्धनको सामूहिक निर्णयबाट पछि हट्ने सम्भावना छैन। पार्टीभित्र एमसिसीको विषयलाई लिएर दुई धार स्पष्ट देखिएको छ। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई एमसिसी पास गर्नुपर्ने पक्षमा छन् भने पार्टी अध्यक्ष उपेन्द्र यादवले एमसिसी राष्ट्रघाती रहेको अभिव्यक्ति दिँदै आएका छन्। त्यसैले संशोधनविना एमसिसी पास गर्ने पक्षमा यादव छैनन्।
यसै परिवेशमा एससिसीबारे सहमतिमा समान धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठकले आइतबारको संसद बैठकमा एमसिसी पेश गर्ने आन्तरिक एवं भद्र सहमति गरिने सम्भावना रहेको बुझिएको छ।
एमसिसी संसदमा टेबुल गर्न सत्ता गठबन्धन सहमति नजिक पुगेसँगै अब संसद चल्न दिएर एमसिसी पारित गर्ने या नगर्ने ‘बल’ एमालेको कोर्टमा पुगेको राजनीतिक विश्लेषकहरुको भनाइ रहेको छ। संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
लगातार संसदमा अवरोध गर्दै आएको एमालेले पहिले सत्ता गठबन्धनको स्पष्ट धारणा आउनु पर्ने बताउँदै आएको छ। सरकारमा हुँदा एमसिसी पास गर्नुपर्ने पक्षमा रहेको एमाले सत्ताच्युत भई प्रतिपक्षको कित्तामा पुगेपछि यसबारे द्वैध चरित्र देखाउँदै आएको छ। ‘पर्ख र हेर’ को रणनीतिमा रहेको एमाले एमसिसीलाई गिजोलेर सत्ता गठबन्धनमा फुट ल्याउन उद्यत रहँदै आएको छ।
एमसिसी सदनमा पेश गर्ने तयारी भइरहँदा पछिल्ला दिनमा विरोध प्रदर्शन सघन बनेका छन्। सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीकै युवा–विद्यार्थीहरु एमसिसीविरुद्ध सडक आन्दोलनमा छन् । केही स्थानमा एमसिसी विरोधी प्रदर्शनले हिंसात्मक रुप लिएको छ।
आज संसद बैठक भएकाले एमसिसीविरोधी दल तथा मोर्चाहरुले आज पनि आफ्नो प्रदर्शनलाई जारी राख्ने भएका छन्।
अमेरिकी सरकारको सहयोग परियोजना एमसिसी सदनबाट पारित गराउनका लागि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले पत्र लेखेर माग गरेको समय सीमा फागुन १६ मा सकिँदै छ। अमेरिकाले सोही सीमाभित्र पारित गराउन जोड दिँदै नभए सहयोगको भविष्य अनिश्चित हुने चेतावनी दिएको छ। तर उसले एमसिसी पारित गर्ने या नगर्ने नेपालको सार्वभौम निर्णय रहेको पनि स्पष्ट पारेको छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












