एमसिसी टेबल गर्न गठबन्धनका सबै प्रमुख दल तयार
काठमाडाैँ । लामो वादविवादपछि सत्ता गठबन्धनका सबै दलहरू एमसिसी प्रतिनिधिसभामा टेबल गर्न तयार भएका छन्।
नेकपा माओवादी केन्द्रका एक नेताले उनको पार्टी पनि एमसिसी संसदमा टेबल गर्न दिन तयार भएको बताए।
‘गठबन्धनका अरू सबै दल तयार देखिएपछि हामीले मात्र रोकेर भएन,’ ती नेताले भने, ‘अहिले गठबन्धनको बैठकबाट टेबल गर्ने विषयमा निर्णय हुन्छ होला।’
प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक नेताले पनि आज एमसिसी प्रतिनिधिसभामा टेबल हुने सहमति हुने बताए।
उनले भने, ‘कदाचित एमसिसी टेबल भएन भने त्यही क्षणबाट गठबन्धन बिसर्जन हुन्छ।’
आफूहरूले यो सन्देश गठबन्धनका नेताहरूलाई दिइसकेको पनि उनले दाबी गरे।
एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज एमसिसी टेबल हुन दिनुपर्ने पक्षमा उभिइसकेको भन्दै उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि त्यसमा मनाउने बचन उहाँले दिनुभएको छ।’
पाँच दलीय गठबन्धनमध्ये चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा भने एमसिसीको विपक्षमा छ।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसअघि सभामुख अग्नि सापकोटाले ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन्।
उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने बताइएको छ। आजै १० बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनको बैठक बोलाएका छन्।
सत्ता गठबन्धनभित्र एमसिसी टेबल गर्ने विषयमा विवाद रहँदै आएको छ। एकीकृत नेकपा समाजवादीले शनिबार एमसिसी टेबल हुन दिने निर्णय गरे पनि पार्टीभित्र विवाद छ।
वरिष्ठ नेता झलनाथ खनालको समूहले एमसिसी यथाअवस्थामा टेबल हुन दिनु हुँदैन भन्ने पक्षमा छ। नेकपा माओवादी केन्द्रले एमसिसी टेबल गर्न नदिने भनिरहेको थियो।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












