एमसीसी राष्ट्रघाती भए आफ्ना अध्यक्षविरुद्ध नाराबाजी गर, ‘डबल स्टान्डर्ड’ छोड : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीका विषयम राजनीतिक दलहरूले ‘डबल स्टान्डर्ड’ छोड्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले एमसीसीको पक्षमा भए पक्षमा र विपक्षमा भए विपक्षमा उभिन आग्रह गरे । “डबल स्टान्डर्ड छाड्नुपर्छ । पक्षमा हो भने पक्षमा विपक्षमा हो भने विपक्षमा । आधाले विपक्षमा लागेजस्तो गर्ने, आधाले पक्षमा लागेको जस्तो कुरा गर्नेले पनि बन्द गर्नुपर्छ,” उनले भने ।
एमसीसी राष्ट्रघाती भन्ने हो भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले पार्टीका अध्यक्षविरुद्ध नाराबाजी गर्नसक्नुपर्ने उनको भनाइ छ ।
“यो प्रस्ताव राष्ट्रघाती हो भन्ने हो भने सबैभन्दा पहिला मान्य भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती मुर्दावाद भनेर संसद्भित्र नारा लगाउन सक्नुपर्छ । यो राष्ट्रघाती हो भनेर माओवादीका सांसहरूले र माधव नेपाल मुर्दावाद भनेर नेकपा एकीकृत समाजवादीका सांसदहरूले नारा लगाउनुपर्छ,” उनले भने ।
परिमार्जनका लागि व्याख्यात्मक घोषणा र संकल्प प्रस्तावको विकल्प अघि सारेको उनले बताए । सबै विकल्पमा कुरा गर्न कांग्रेस तयार भएको उनको भनाइ छ । नभए प्रक्रिया अघि बढ्ने र त्यसबाटै टुंगिने उनले बताए ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...












