युवा र विद्यार्थी नेतालाई गृहमन्त्रीको फोन- गठबन्धन र शान्ति सुरक्षामा असर पर्ने गरी आन्दोलन नगरौं
काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध सत्तामा रहेका दलकै भ्रातृ संगठनले आन्दोलन चर्काउन थालेपछि गृहमन्त्री बालकृष्ण खाणले चासो दिएका छन् ।
सत्तारुढ गठबन्धना आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरू एमसीसीविरुद्ध आन्दोलित छन् ।
एमसीसीलाई आज संसद बैठकमा छलफलका लागि पेस गरिने भएपछि उनीहरूले कडा प्रदशनको तयारी थालेका छन् ।
संसद घेर्न लागेका उनीहरुलाई गृहमन्त्री खाणले बिहान फोन गरेर एमसीसीविरुद्धको प्रदर्शन हिंसात्मक नबनाउन आग्रह गरेका छन् ।
खाणले वाईसीएल अध्यक्ष सुमन देवकोटा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, युवा संघ नेपालका अध्यक्ष नरेश शाहीलगायतलाई आज बिहान फोन गरेका थिए ।
‘आन्दोलन शान्तिपूर्ण गर्नुपर्यो, क्षति धेरै भयो,’ गृहमन्त्री खाणको आग्रह उद्धृत गर्दै अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले भनिन्, ‘तपाईंहरूले पनि दुःख पाउनुभयो, प्रहरीले पनि दुःख पायो ।’
सिंहले आफूहले पहिलेदेखि शान्तिपूर्ण प्रदर्शन गरेको र अब पनि गर्ने भन्दै प्रहरीलाई संयमित राख्न गृहमन्त्रीलाई आग्रह गरेको बताइन् ।
गृहमन्त्री खाणले नेकपा एसनिकट अनेरास्ववियूका अध्यक्ष पराजुलीलाई आन्दोलन शान्तिपूर्ण बनाउन र गठबन्धनलाई असर नपरोस् भनेर सचेत हुन विशेष आग्रह गरेका थिए । पराजुली फिल्डमा देखिएपछि प्रहरी अफिसरहरू दबाबमा पर्ने गरेकाले पनि गृहमन्त्रीले उनलाई सचेत गराएका हुन् ।
जवाफमा उनले गठबन्धनलाई असर पर्न नदिन आफूहरू सचेत रहेको बताएका थिए । गठबन्धन कुनै हालतमा तोडिन हुँदैन भन्नेमा आफूहरू पनि रहेको उनले बताए ।
‘आन्दोलन नै त नगर्नुहोस् भन्दिनँ तर गठबन्धनाई समेत असर पार्ने गरी गर्नु भएन,’ गृहमन्त्री खाणले पराजुलीलाई भनेका थिए ।
माओवादीका वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीनिकट युवासंघ नेपाल र अनेरास्ववियूले संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शन गर्दै आएका छन् ।
खाणको आग्रह बाबजुद सत्तारुढ दुई दलका भ्रातृ संगठनले आजको प्रदर्शन सुरू गरिसकेका छन् । आजको प्रदर्शनमा माओवादीका सबै जनवर्गीय संगठनहरुको सहभागिता हुने बताइएको छ ।
त्यस्तै नेकपा एसनिकट अन्य भ्रातृ संगठनहरू पनि सामेल छन् । एमसीसी आज निर्णाक अवस्थामा पुग्ने भएकाले त्यसविरुद्धको प्रदर्शन पनि चर्किने ठानिएको छ ।
Comments
अरु समाचार
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...












