नेपालको संसदीय इतिहासकै पहिलो, व्याख्यात्मक टिप्पणी के हुन्छ प्रक्रिया?
काठमाडाैँ । नेपालको संसदीय इतिहासमै पहिलो पटक कुनै सन्धी/सम्झौताको व्याख्यात्मक टिप्पणी पेस हुने भएको छ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को व्याख्यात्मक टिप्पणी प्रतिनिधि सभाबाट पास गरेर अमेरिका पठाउने तयारी सरकारले गरिरहेको छ।
मन्त्रिपरिषद्ले व्याख्यात्मक टिप्पणी पास गरेर पठाएपछि त्यसलाई सम्झौताको पूरक प्रस्तावको रूपमा प्रतिनिधि सभामा टेबल गरिनेछ।
‘यसअघि सम्झौतासँगै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पारित गर्न प्रस्ताव पठाएका थिए’, प्रतिनिधि सभाको कार्यव्यवस्था शाखाका अधिकारी राजन घिमिरेले भने, ‘मन्त्रिपरिषदबाट स्वीकृत भएर आएको अवस्थामा त्यसलाई पूरक प्रस्तावका रूपमा प्रतिनिधि सभामा छलफल गराइनेछ।’
प्रतिनिधि सभाबाट एमसिसी सम्झौता र व्याख्यात्मक टिप्पणी दुबै एकसाथ पारित गर्ने सरकारको तयारी छ।
व्याख्यात्मक टिप्पणी पास गर्न केहीबेरमै मन्त्रिपरिषद्को बैठक बस्ने लागेको प्रधानमन्त्री शेरबहादुर देउवा प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।
‘पारित गरेपछि दुबैको जानकारी सम्बन्धित देशलाई परराष्ट्र मन्त्रालयमार्फत् पठाइन्छ’, घिमिरेले भने, ‘सन्धी ऐनमा पारित गरेर जानकारी दिने व्यवस्था छ।’
प्रतिनिधि सभामा एमसिसीसँगै व्याख्यात्मक टिप्पणीमाथि एकसाथ छलफल गराइने घिमिरेले बताए।
नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले आफूलाई जानकारी भएसम्म पहिलो पटक यसरी नेपालको प्रतिनिधि सभाले व्याख्यात्मक टिप्पणी पास गर्न लागेको उल्लेख गरे। ‘संशोधन दुई पक्ष मिलेर मात्र हुन्छ’, बिडारीले भने, ‘व्याख्यात्मक टिप्पणी भनेको हाम्रो बुझाइ र भनाइ पठाउने हो। कार्यान्वयन भयो भने त्यसलाई स्वीकार गरेको रूपमा बुझिन्छ।’
व्याख्यात्मक टिप्पणी कुनै कानूनी व्यवस्था नभए पनि यसरी पठाइएको व्याख्या कार्यान्वयनमा आउन सक्ने बताए।
‘मैले पाँच रुपैयाँ दिएर कसैलाई यो काम गर भने तपाईंले किनेर काम गर्नुभयो भने त्यसलाई करार स्वीकार गरेको मानिन्छ’, बिडारीले भने, ‘व्याख्यात्मक टिप्पणी पनि कार्यान्वयनमा गए स्वीकार गरेको मानिन्छ।’
व्याख्यात्मक टिप्पणी सरकारको तर्फबाट अर्थमन्त्रीले टेबल गर्नेछन्। अर्थमन्त्री अनुपस्थित भए अरू मन्त्रीले स्वीकार गर्नेछन्।
घिमिरेका अनुसार विगतमा नेपालले आरक्षणको व्यवस्थासहित एक सन्धी सम्झौता गरेको भए पनि पहिलो पटक व्याख्यात्मक टिप्पणी पारित हुन लागेको हो।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












