पदाधिकारीमा सहमति गर्न सकेनौं, अब चुनावपछि : देव गुरुङ
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन सकस परेको छ। पदाधिकारीमा सहमति जुट्न नसकेकाले स्थानीय तहको चुनावपछि मात्रै पदाधिकारी चयन हुने पार्टीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।
गुरुङले भने,‘सहमतिमा पदाधिकारी चयनको प्रयास भइरहेको छ। सहमति हुन नसकेकाले अब चुनावपछि मात्रै चयन हुन्छ।’ आजको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यलाई पूर्णता दिने र स्थानीय तहको चुनाव लक्षित छलफल हुने गुरुङले बताए। बैठकमा पदाधिकारी चयन, एमसीसी र स्थानीय निर्वाचन लगायतका एजेण्डालाई छलफलको मुख्य विषय बनाइएको छ।
केन्द्रीय पदाधिकारी, पोलिटव्यूरो, केन्द्रीय समितिलाई पूर्णता दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक गृहकार्य गरिरहेका छन्। महासचिव पदमा वर्षमान पुन र जनार्दन शर्माको कडा प्रतिस्पर्धा छ। यो पदमा सहमति नजुट्दा पार्टीको केन्द्रीय पदाधिकारी, पोलिटव्यूरो, केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। पार्टीका कमिटीलाई पूर्णता नदिएको भन्दै पार्टीभित्र प्रचण्डको चर्को आलोचना भइरहेको छ।
पुस १८ गतेको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई निर्वाचित गरेको थियो। वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–६, महासचिव–१, सचिव–३, कोषाध्यक्ष–१ सहित १४ वटा पद खाली छ। महाधिवेशन भएको दुई महिनासम्म पनि पदाधिकारीले पूर्णता नपाउँदा पार्टी सञ्चालनमा समस्या भइरहेको छ। अपूरो केन्द्रीय समिति चयन गर्दै पुस ११–१८ जारी पार्टी आठौं राष्ट्रिय महाधिवेशन काठमाडौं सकिएको थियो। बन्दसत्रमा प्रचण्डले महाधिवेशन आयोजक समितिका तर्फबाट दुई सय ९९ सदस्यीय केन्द्रीय सदस्यमा ६२ जना रिक्त राखेर दुई सय ३७ जनाको नाम प्रस्तुत गरेका थिए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












