मन्त्री झाँक्रीद्वारा सेनाको भवन शिलान्यास, समयमै निर्माण सक्न निर्देशन
काठमाडाैँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी छन्। सोमबार मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको नयाँ भवन निर्माणकार्यको शिलान्यास गरेकी हुन्।
उनले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिएकी छन्। मन्त्रालय र भवन निर्माण विभाग आवश्यक सहयोग गर्न तयार रहेको भन्दै उनले लक्ष्यमा केन्द्रित भएर काम गनर्नुपर्ने बताइन्। देश सञ्चालन हुने केन्द्र सिंहदरवारभित्र पनि समयमै काम नसके सरकारमाथि प्रश्न उठ्ने भन्दै मन्त्री झाँक्रीले प्रश्न उठ्न दिने वातावरण नबनाइ काम गर्न आग्रह गरिन्।
‘भवन निर्माण विभाग, हाम्रो शहरी विकास मन्त्रालय काम गर्ने सिंहदरवारको साइट र कन्ट्याक्टरको अवस्था हेर्दा उहाँहरुले यो काम हामीले अवार्ड गरेको, दिएको दायित्व र समयभन्दा अगाडि सक्नुहुन्छ भन्ने विश्वास छ। त्यसका लागि हामीले हाम्रोतर्फबाट के गर्नुपर्छ सहयोग गरी नै रहन्छौँ। काम अन टाइम सक्नको लागि मैले अनुरोध गरें। काम शुरु गर्नलाई टाइम लागे पनि शुरु भएपछि समय अगावै सक्ने लक्ष्यबाट काम गर्नुहुन्छ भन्ने विश्वास छ,’ मन्त्री झाँक्रीले भनिन्, ‘सिंहदरवारभित्र सबै क्रसकटिङ इन्टीटीहरु एकै ठाउँ भएको आयोजना पनि ढिलो भयो भने हाम्रो क्षमता, हाम्रो पर्फमेन्समाथि प्रश्न उठ्नेछ।’
सिंहदरवारभित्र नै सेनाको व्याण्ड दलको लागि बनाइने भनिएको भवन जग्गा अभावका कारण सफल नभएको भन्दै उनले जग्गा प्राप्ति गर्ने काम भइरहेको जानकारी दिइन्। सिंहदरबार भित्र बन्न लागेको चण्डीदल गणको भवन निर्माणको जिम्मा बिकोइ, रसुवा र तुँदि जोइन्ट भेन्चरले प्राप्त गरेको छ। भवन निर्माणको अनुमानित लागत ६५ करोड ९५ लाख रुपैयाँ र निर्माण अवधि २ वर्ष रहेको छ।
एक लाख वर्गफिट क्षेत्रफलमा बन्न लागेका दुई भवनमा ७०२ जवान रहनसक्ने गरी डिजाइन गरिएको छ। त्यस्तै भवन परिसरमा ४ वटा ब्याडमिन्टन र एउटा बास्केटबल कोर्ट रहनेछ भने परेड खेल्नका लागि ग्राउण्डसमेत बनाइनेछ। कुल ४३ रोपनी ६ आना क्षेत्रफलमध्ये १० आना मात्रै भवनले ओगट्नेछ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












