सर्वोच्चमा गोरु ब्यायो गठबन्धनरुपी पाँचवटा बाच्छा पायो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्नको लागि सर्वोच्च अदालतले संविधान बाहिर गएर फैसला गरेको टिप्पणी गरेका छन् । सर्वोच्चमा गोरु ब्याएको ओलीले टिप्पणी गरे ।
एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनको शुक्रवार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले विकासप्रेमी सरकार ढाल्नको लागि षड्यन्त्र भएको आरोप लगाएका हुन् । ‘एकजना न्यायाधीशको इमेल आउँछ अमेरिकाबाट केपी ओलीको सरकार ढाल्नु नै थियो, न्यायाधीशको के बिगारिदिएको थियो ओली सरकारले ? त्यहाँनेर विकास विरोधी षड्यन्त्रको हिस्सेदार थियो । संविधान बाहिर गएर पनि ढाल्नु पर्ने थियो,’ ओलीले भने, ‘गोरु ब्याउँदैन भन्थे ब्यायो सर्वोच्च अदालतमा, यो २०५१ सालमा एकजनाले भनेका थिए । अहिले गोरु ब्यायो मात्र होइन पाँचवटा बाच्छा पायो ।’
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्चमा न्यायाधीशहरूले आन्दोलन गरेको बेला सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाले अमेरिकाबाट एउटा इमेल पठाएको कुरा चर्चामा आएको थियो । त्यो इमेलमा आफ्नो सरकार ढाल्न खेलेको भूमिकाबारे चर्चा भएको ओलीको भनाइ छ ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












