प्रेस चौतारीले नवौं महाधिवेशनबाट जारी गरेको १४ बुँदे पोखरा घोषणा पत्रको यस्तो छ पूर्णपाठ
काठमाडौं। प्रेस चौतारी नेपालले आफ्नो नवौं महाधिवेशनको क्रममा १४ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीबाट फागुन २७ गते उदघाटन भएको प्रेस चौतारीको नवौं राष्ट्यि महाधिवेशन फागुन २९ गते नयाँ नेतृत्व र १४ बुँदे पोखरा घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।
घोषणा पत्रको पूर्णपाठ
प्रेस चौतारी नेपाल
नवौं राष्ट्रिय महाधिवेशन
पोखरा घोषणापत्र–२०७८
प्रेस चौतारी, नेपालको नवौं राष्ट्रिय महाधिवेशन ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने मूल नारासहित २०७८ फागुन २७–२८ गते गण्डकी प्रदेशको राजधानी पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित र समृद्ध नेपालका लागि राष्ट्र र जनतामा केन्द्रित पत्रकारिताप्रति प्रतिबद्ध रहँद १४ बुँदे पोखरा घोषणापत्र–२०७८’ जारी गर्दछ ।
१. प्रेस चौतारी नेपाललाई जनपक्षीय श्रमजीवी पत्रकारहरुको नेतृत्वदायीसंगठनको रुपमा स्थापित गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनलाई यो उचाइमा ल्याइपु¥याउन योगदान गर्नुहुने स्व. अग्निशिखालगायत सबै अग्रजप्रति यो महाधिवेशन उच्च सम्मान प्रकट गर्दछ । यसबीचमा विश्वव्यापीरुपमा फैलिएको महाव्याधी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष एवं हाम्रो संगठनका सल्लाहकार चन्द्र न्यौपाने र केन्द्रीय सदस्य शान्तिराम कार्की एबं सडक दुर्घटनामा परी प्रेस चौतारी सिन्धुलीका सह सचिव अञ्जन राना मगरको दुःखद निधन भएकोमा उहाँहरूप्रति महाधिवेशन हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
२. गौरवशाली मातृ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को एतिहासिक दशौं महाधिवेशनले अंगिकार गरेको मूल ध्येय ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं ! जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं !!’ लाई साकार पार्न प्रेस चौतारी नेपाल संस्थागतरुपमा र यसमा आबद्ध सम्पूर्ण सदस्यहरुले व्यक्तिगतरुपमा समेत प्रचार÷प्रसार क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न यो महाधिवेशन प्रतिबद्धता जनाउँछ ।
३. श्रद्धेय पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको कार्यकालमा ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पुरा गर्ने क्रममा हासिल भएका उपलब्धि र विकास अभियानका साथै नेकपा (एमाले) नेतृत्वका प्रदेश र स्थानीय सरकारबाट भएका सकारात्मक पहलहरुलाई जनतामाझ पु¥याउन आ–आफ्नो सञ्चारमाध्यम र पेशागत क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न यो महाधिवेशन प्रेस चौतारीमा आबद्ध सबै सहकर्मी पत्रकारहरुलाई आव्हान गर्दछ । साथै आसन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीको अभियानलाई पूर्ण रुपमा सफल बनाउन सक्रियतापूर्वक सहभागी जनाउन यो महाधिवेशन संगठनमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई हार्दिक अपील गर्दछ ।
४. कोभिड–१९ महामारीका कारण समस्यामा परेका साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमको दिगो सञ्चालनका लागि हाल सरकारले प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापनमा दोब्बर बृद्धि गर्नुका साथै स्थानीय विज्ञापन स्थानीय मिडियालाई प्राथमिकताका साथ उपलब्ध गराउन महाधिवेशन माग गर्दछ । साथै अनलाइनमाध्यमहरुलाई समेत वर्गीकरण गरी लोक कल्याणकारी विज्ञापन वितरण अबिलम्ब उपलब्ध गराउन महाधिवेशन माग गर्दछ ।
५. पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको पालामा घोषणा गरिएको पत्रकारहरुलाई सरकारी अस्पतालमा उपचार गर्दा ५० प्रतिशत छुट तथा अन्य सामाजिक सुरक्षाको व्यवस्थालाई अविलम्ब कार्यान्वयन गर्न महाधिवेशन जोडदार माग गर्दछ ।
६. राष्ट्रिय प्रसारण नियमवाली संशोधन गरिएकोप्रति आपत्ति जनाउँदै यो महाधिवेशन युट्युव लगायत अनलाइन टेलिभिजन नियमन र व्यवस्थित गर्नुपर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित नहुने गरी जनताको सार्वभौम संसद मार्फत कानुन निर्माण गरेर मात्र आवश्यक प्रबन्ध गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउँछ ।
७. सर्वोच्च अदालतको परामादेशबाट संघीय सरकार र त्यसपछि गठित प्रदेश सरकारको पहिलो निशाना सञ्चार क्षेत्र बनेको छ । अतः श्रमजीवी पत्रकार ऐन बमोजिम गठन भएको न्युनतम पारिश्रमिक निर्धारण समितिलाई सरकारी निर्णय मार्फत खारेज गर्ने प्रयास र प्रदेश नम्बर १ प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गरेकोप्रति महाधिवेशन गम्भिर आपत्ति प्रकट गर्दै त्यसलाई यथावतरुपमा सञ्चालनको व्यवस्था गर्न जोड्दार माग गर्दछ । साथै गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकुल भएकाले सो विधेयकलाई अविलम्ब फिर्ता गरी सञ्चार मैत्री बनाउन यो महाधिवेशन माग गर्दछ ।
८. सञ्चारमाध्यम दर्ता, नवीकरण, विज्ञापनको रकम भुक्तानी, प्रेस पास जारी र नवीकरण तथा अनलाइन दर्ता र नवीकरण गर्ने कार्यलाई सम्बन्धित जिल्ला वा स्थानीय तहबाटै सहज र सरल ढंगबाट गर्न सरकारसँग यो महाधिवेशन जोड्दार माग गर्दछ ।
९. आस्थाका आधारमा विनाकारण रासस, गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल लगायत विभिन्न संचार माध्यमबाट निकालिएका संचारकर्मीलाई तत्काल पुर्नवहाली गर्न यो महाधिवेशन जोडदार माग गर्दछ । पत्रकारहरुको पेशागत सुरक्षाका लागि श्रमजीवी पत्रकार सम्बन्धी ऐन सम्पूर्ण सञ्चारमाध्यममा पूर्ण कार्यान्वयन गर्न, ऐन लागू नगर्ने संचार प्रतिष्ठानहरुमाथि कानूनी कारवाही गर्न यो महाधिवेशन माग गर्दछ । पत्रकारहरुको दुर्घटना, स्वास्थ्य, जेष्ठ पत्रकार सम्मान बृत्ति जस्ता सामाजिक सुरक्षाका लागि अघिल्लो सरकारले गरेका प्रतिबद्धतालाई तत्काल कार्यान्वयन गर्न यो महाधिवेशन माग गर्दछ ।
१०. समावेशी मिडियाका लागि पिछिडिएका क्षेत्र, वर्ग, महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुश्लिम, अशक्त, स्वपहिचान भएका अल्पसंख्यकहरुलाई मिडिया हाउसहरुमा समान सहभागिता तथा सञ्चारगृहहरुलाई लैङ्गिक तथा अपाङ्गतामैत्री बनाउन आवश्यक नीति, निर्देशिका तय गरी कार्यन्वयन गर्न सरकार र सम्बन्धित पक्षसँग यो महाधिवेशन जोड्दार माग गर्दछ ।
११. मुलुकको पुनर्संरचना अनुसार ७ वटै प्रदेशमा श्रमजीवी पत्रकारहरुको लागि सुविधा सम्पन्न तालिम केन्द्रहरुको स्थापना गरी उनीहरुको दक्षता बृद्धिका लागि आम सञ्चार प्रतिष्ठान स्थापना गर्न यो महाधिवेशन सरकारसँग माग गर्दछ ।
१२. पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला सम्पूर्ण दलका शीर्ष नेताहरुसहित शिलन्यास गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गरी सञ्चालन गर्न यो महाधिवेशन संघीय र गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गर्दछ । साथै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्व सरकारले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारलाई गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न महाधिवेशन माग गर्दछ ।
१३. प्रेस चौतारी नेपाल चितवन शाखालाई भवन निर्माणार्थ निःशुल्क जग्गा प्रदान गरी संस्थागत विकासमा सहयोग गर्ने तेजबहादुर कार्की (केशव) लाई यो महाधिवेशन हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
१४. प्रेस चौतारी, नेपालको नवौं राष्ट्रिय महाधिवेशनको समुद्घाटन तथा महत्वपूर्ण मार्गनिर्देशनका निम्ति पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति यो महाधिवेशन विशेष आभार व्यक्त गर्दछ । साथै महाधिवेशनलाई सम्बोधन गर्नुहुने पार्टी महासचिव शंकर पोखरेल, पार्टी उपमहासचिव एबं केन्द्रीय प्रचार÷प्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ लगायत पार्टी नेताहरु, गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका साथै महाधिवेशनमा सहभागिता र शुभेच्छाका लागि पत्रकारिता सम्बन्धित विभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधि, अग्रज पत्रकार तथा अतिथिहरुप्रति महाधिवेशन हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछ ।गण्डकी प्रदेशको राजधानी पर्यटकीय नगरी पोखरामा न्यानो आतिथ्यता गर्ने प्रेस चौतारी, नेपाल गण्डकी प्रदेश समिति, कास्की शाखा, पार्टी कमिटी तथा जनसंगठनहरु, स्वयंसेवक, आवासका निम्ति व्यवस्थापन सहयोग गर्ने पश्चिमाञ्चल होटल संघ, सुरक्षकर्मी र महाधिवेशन प्रतिनिधि एबं महाधिवेशनलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्ण संघ–संस्था र महानुभावहरुप्रति यो महाधिवेशन हार्दिक आभार व्यक्त गर्दछ ।
Comments
अरु समाचार
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...












