ओलीलाई बुझाउन बाँकी छ, अरूले बुझिसके : भुसाल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता घनश्याम भुसालले कम्युनिस्ट एकतामा कृत्रिम रूपले गालीगलौजको भरमा बनाइएको दूरी ‘भत्काउन सकिने’ बताएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेकपाको विभाजन र कम्युनिस्ट एकताको औचित्य पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउन बाँकी रहेको बताए ।
“हामीले गाली गरेका छौँ, हाम्रो पार्टी अर्कैले फुटाइदिएको हैन । हामी जिम्मेवार छौँ भन्दियो भने आसन्न चुनावमा वाम एकता हुने प्रशस्त सम्भावना छ । त्यसपछिका कुरा पछि नै गरौँला । पार्टी एकताका लागि छलफल चलाउन सकिन्छ,” उनले भने, “हामीले हाम्रा अध्यक्ष कमरेड केपी ओलीलाई बुझाउन बाँकी छ र अरूले तहअनुसार बुझेका छन् । माओवादी र नेकपा (एस) मा अवस्था उस्तै छ ।”
नेता भुसालले नेकपा विभाजनमा मुख्य ‘प्लेयर’हरू अहिलेका तीन अध्यक्ष भएको जिकिर गरे । आफूहरू पनि सहायक भएको भन्दै उनले पद र भूमिकाअनुसार विभाजनमा योगदान र पसिना सबैले बगाएको बताए ।
“साना मिहिनेतले अहिले बर्बाद भएको हैन । यसको आधारमा हामीले जिम्मेवारी लियौँ भने यो चुनावमा गठबन्धन बन्न सक्छ,” उनले भने ।
अबको कम्युनिस्ट एकता नेताहरूको व्यक्तिगत स्वार्थमा नहुने पनि उनले बताए । “नेताहरूको स्वार्थको आधारमा एकता हुँदैन भन्ने बुझिएको छ । अब एकता हुँदा निजी स्वार्थमा टेकेर एकता भयो भने हालत यस्तो हुनेछ भनेर हामीले थाहा पाइसक्यौँ,” उनले भने ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












