भ्रष्टाचाररहित, स्वतन्त्र, पारदर्शी र निश्पक्ष न्यायालय हाम्रो प्रतिवद्धता: वरिष्ठ अधिवक्ता अधिकारी
काठमाडौँ । नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिको यही चैत १९ गते निर्वाचन हुने तय भएको छ ।
निर्वाचनकै क्रममा आज प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको केन्द्रीय प्रचार कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनका उक्त समूहबाट अध्यक्षका उम्मेद्धवार वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले न्यायालयको समग्र सुधारका लागि आफ्नो नेतृत्वले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले न्यायापालिकालाई भ्रष्टाचाररहित, स्वतन्त्र, पारदर्शी र निश्पक्ष न्यायका लागि आफ्नो समूहको उम्मेदवारी रहेको र यो समूहले नयाँ प्रवेशी कानून व्यवसायीलाई अवसर दिने र वरिष्ठ अधिवक्तालाई सम्मान गर्ने काम गर्ने बताउनुभयो । पेशागत कानून व्यवसायि समूहका अध्यक्ष भाेजराज अाचार्यले बारका असलि मुद्वा अाफूहरुले वाेकेकाेले चुनाव जित्ने बताउनु भयाे ।
उक्त निर्वाचनमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि हुन गइरहेको निर्वाचनमा नौहजार ७०८ जना अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँचहजार ७०० र उपत्यका बाहिर तीनहजार ५०० रहेका छन् । यो वर्ष अन्य पेसामा आवद्ध भएका दुईहजार ५०० कानून व्यवसायीको नवीकरण नभएको बारले जनाएको छ । महासचिवका उम्मेदवार केदारले सत्ता गठबन्धन गरेपनि अाफूहरु बलियाे रहेकाे बताउनु भयाे । उहाले देशव्यापि रुपमा सत्ता गठबन्धन विरुद्व माेर्चा बनेकाे बताउनु भयाे ।
बारको निर्वाचनमा प्रगतिशील र वृहत लोकतान्त्रिकबीच प्रतिस्पर्धा हुने भएको छ । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे अध्यक्षको उम्मेदवार हुनुहुन्छ । दुवै पक्षले आ आफ्नो पक्षमा मत पार्नका लागि चुनावी प्रचारलाई तीव्र बनाएका छन् ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












