जनसाहित्यिक संघको अध्यक्षमा राम विनय महासचिवमा सिलवाल
काठमाडाैँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालनिकट राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको आज सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनले साहित्यकार राम विनयको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ ।
सङ्घको उपाध्यक्षमा रमेश पोखरेल र नर्मदेश्वरी सत्याल, महासचिवमा प्रकाश सिलवाल, सचिवमा नवराज रिजाल र कोषाध्यक्षमा गायत्री लम्साल चयन हुनुभएको छ । बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष डा जीवेन्द्रदेव गिरीले पदाधिकारीसहित केन्द्रीय सदस्यको नामावली प्रस्ताव गरेका थिए । सङ्घको विधानमा १२५ सदस्यीय केन्द्रीय समिति रहेकामा रिक्त सदस्य पछि पूर्ति गरिने जनाइएको छ ।
सांस्कृतिक रुपान्तरणको अभियानसहित प्रगतिशील साहित्यका क्षेत्रमा क्रियाशील सो सङ्घको अधिवेशनमा निवर्तमान कार्यसमितिका महासचिव गोपालकुमार मैनाली, कोषाध्यक्ष यशोदा अधिकारीबाट प्रस्तुत साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा विधान संशोधन समितिका तर्फबाट अधिवक्ता प्रेमराज सिलवालबाट प्रस्तुत मस्यौदा सुझावसहित पारित भएको थियो । साथै बन्दसत्रले १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
महासङ्घको मातहतमा जनसाहित्य सङ्घसहित विभिन्न सात घटकको अधिवेशन एकैपटक भइरहेको छ । महासङ्घको आठौँ महाधिवेशन र घटक संस्थाको अधिवेशनको उद्घाटन शुक्रबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट भएको थियो । महासङ्घको नयाँ नेतृत्व चयन आइतबार चयन हुँदैछ ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











