‘एमालेसँग एकता हुँदैन’– अध्यक्ष नेपाल
धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन् ।
आइतबार बिहान धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।
पत्रकार एमाले, माओवादी र समाजवादीलाई मिलाउन चीनले प्रयास गरिरहेको कुरा आइरहेको भन्दै जिज्ञासा राख्दा अध्यक्ष नेपालले एकताको सम्भावना नै नरहेको बताए । ‘एमालेसँग एकताको कुनै सम्भावना छैन,’ उनले भने ।
उनले एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै ‘दिमाग खुस्केको मान्छे’ भएको आरोप पनि लगाए । ‘दिमाग खुस्केको जस्तो जे पायो त्यही बोलिराख्या छ, बकबक गरिराख्या छ, त्यो बाहेक अरु केही छैन,’ उनले भने, ‘हामी सुसंस्कार दिन्छौं, उत्प्रेरित गर्छौ ।’
उनले पाँच दलबीच तालमेल हुने भएपछि जनतामा उत्साह थपिएको र जनविरोधी शक्तिहरु छट्पटाउन थालेको बताए । वामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर चुनावमा जाने सहमति भएपछि जनविरोधीहरूको मुख चाउरिएको र निन्द्रा हराम भएको उनको भनाइ थियो । ‘हात्ती हिँड्दै गर्छ, भुक्नेहरु भुक्तै गर्छन्,’ उनले भने ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











