स्थानीय तह निर्वाचनमा एमाले कसैसँग तालमेल वा गठबन्धन गर्दैनः विष्णु पौडेल
काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन् ।
उपाध्यक्ष पौडेलले स्थानीय तह निर्वाचनमा एमालेलाई कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताए ।
उनले एमाले एक्लै निर्वाचन लड्ने र ७० प्रतिशत पालिकाहरुमा जित्ने बताए । ७० प्रतिशत जित्न नसकेको अवस्थामा ६० प्रतिशत भन्दा तल भने नझर्ने उनले दाबी गरे ।
आइतवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न नेकपा(माओवादी केन्द्र)लाई चेतावनी समेत दिए ।
उनले भने, “यो स्थानीय तहको निर्वाचनमा नेकपा(एमाले) एक्लै लड्छ । कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने एमालेलाई आवश्यकता छैन । हामी एक्लै लड्छौँ । एक्लै प्रतिस्पर्धा गर्छौ । एक्लै जित हासिल गर्छौ । कम्तिमा पनि हाम्रो टार्जेट कति छ भने ७० प्रतिशत स्थानीय तहहरुमा, ७० प्रतिशत पालिकाहरुमा हामी एक्लै जित्छौँ । पालिकाका पदाधिकारीहरु, सदस्यहरु हामी एक्लै जित्छौँ । र त्यो प्रतिकुलता थपिएछ भनेपनि हाम्रो विजयको ग्राफ ६० प्रतिशत भन्दा तल ओर्लिन्न । हामी त्यो तहको जित हासिलको तयारी गर्दैछौँ । त्यसकारणले नेकपा(एमाले)ले कसैसँग गठबन्धन गर्दैन । एमालेसँग गठबन्धन गरेर अलिकति स्पेस प्राप्त गर्न सकिएला कि भनेर नसोचे हुन्छ । खासगरी माओवादी केन्द्रतिर लक्षित गरेर म भन्न चाहान्छु, त्यसखालको सपना नदेखेहुन्छ ।”
उनले माओवादी केन्द्रसँग तालमेलका लागि कुनैपनि प्रकारको सम्वाद नभएको स्पष्ट पारे ।
माओवादी केन्द्र र एमालेको बिचमा तालमेल गर्न एमाले अध्यक्ष केपी ओलीले आत्माआलोचना गर्नुपर्ने माओवादी केन्द्रका एक नेताको भनाई प्रति टिप्पणी गर्दै उनले सो कुरा हास्यास्पद भएको बताए ।
उनले भने, “नेकपा(एमाले)सँग माओवादी केन्द्रका कुनैपनि नेता, कार्यकर्ता वा सदस्यहरुका बिचमा औपचारिक वा अनौपचारिक रुपमा, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा, घोषित वा अघोषित रुपमा, दृश्य वा अदृश्य रुपमा कुनैपनि हिसाबका सम्वाद भएका छैनन् । सम्वाद गर्नुपर्ने आवश्यकता पनि छैन । र यो नेकपा(एमाले)सँग सम्वाद भइरहेको छ भनेर के उद्देश्यले भनिएको छ हामी अनुमान गर्न सक्छौँ । कुन बार्गेनिङका निम्ति यो अभिव्यक्ति आइरहेको छ हामी अनुमान गर्न सक्छौँ । म स्पष्ट गर्न चाहान्छु, माओवादी केन्द्रसँग नेकपा(एमाले)को कुनैपनि तहका नेता, कार्यकर्ताका बीचमा प्रत्यक्ष वा परोक्ष रुपमा कुनैपनि हिसाबले वार्ता भएको छैन । वार्ता गर्नुपर्ने आवश्यकता पनि छैन । र जहाँसम्म गठबन्धनको प्रश्न छ, नेकपा(एमाले)का अध्यक्षले आत्माआलोचना गर्नुपर्ने यो हास्यास्पद कुरा हो । कम्युनिष्ट पार्टीको सरकार ढालेर दक्षिणपन्थी गठबन्धन उहाँहरुले बनाइरहनु भएको छ । दुनियाँलाई थाहा छ हिजो उहाँहरुले कथित जनयुद्ध सुरु गर्दा त्यतिबेला पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । उहाँलाई ४० बुँदे ज्ञापन पत्र बुझाएर उहाँहरुले कथित जनयुद्ध सुरु गर्नुभएको थियो । आज फेरी कम्युनिष्ट पार्टीको सरकार ढालेर शेरबहादुर देउवाजीको नेतृत्वमा उहाँहरुले यो सरकार बनाइरहनु भएको छ र दक्षिणपन्थी गठबन्धन निर्माण गर्नुभएको छ । यसप्रति उहाँहरुलाई कुनै पश्चाताप छैन । यसप्रति उहाँहरुलाई कुनै ग्लानी छैन । कुनै लघुताभास छैन । अझै भन्दै हुनुहुन्छ कि एमालेको अध्यक्षले आत्माआलोचना गर्नुप¥यो । यो सम्पूर्ण रुपमा हास्यास्पद कुरा हो । नेकपा(एमाले)ले जनताको पक्षमा, राष्ट्रका पक्षमा दृढतापूर्वक उभिएको छ । एमालेको प्रमुख नेताको हिसाबले केपी शर्मा ओलीले यो युगिन र ऐतिहासिक महत्वका कामहरु गर्नुभएको छ । आफ्ना कामप्रति नेकपा(एमाले)लाई गर्व छ । नेकपा एमालेका अध्यक्षलाई गर्व छ । त्यसकारणले यो आत्माआलोचनाका हास्यास्पद कुरा गरिरहनु जरुरी छैन ।”
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












