स्थानीय तह निर्वाचनमा एमाले कसैसँग तालमेल वा गठबन्धन गर्दैनः विष्णु पौडेल
काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन् ।
उपाध्यक्ष पौडेलले स्थानीय तह निर्वाचनमा एमालेलाई कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताए ।
उनले एमाले एक्लै निर्वाचन लड्ने र ७० प्रतिशत पालिकाहरुमा जित्ने बताए । ७० प्रतिशत जित्न नसकेको अवस्थामा ६० प्रतिशत भन्दा तल भने नझर्ने उनले दाबी गरे ।
आइतवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न नेकपा(माओवादी केन्द्र)लाई चेतावनी समेत दिए ।
उनले भने, “यो स्थानीय तहको निर्वाचनमा नेकपा(एमाले) एक्लै लड्छ । कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने एमालेलाई आवश्यकता छैन । हामी एक्लै लड्छौँ । एक्लै प्रतिस्पर्धा गर्छौ । एक्लै जित हासिल गर्छौ । कम्तिमा पनि हाम्रो टार्जेट कति छ भने ७० प्रतिशत स्थानीय तहहरुमा, ७० प्रतिशत पालिकाहरुमा हामी एक्लै जित्छौँ । पालिकाका पदाधिकारीहरु, सदस्यहरु हामी एक्लै जित्छौँ । र त्यो प्रतिकुलता थपिएछ भनेपनि हाम्रो विजयको ग्राफ ६० प्रतिशत भन्दा तल ओर्लिन्न । हामी त्यो तहको जित हासिलको तयारी गर्दैछौँ । त्यसकारणले नेकपा(एमाले)ले कसैसँग गठबन्धन गर्दैन । एमालेसँग गठबन्धन गरेर अलिकति स्पेस प्राप्त गर्न सकिएला कि भनेर नसोचे हुन्छ । खासगरी माओवादी केन्द्रतिर लक्षित गरेर म भन्न चाहान्छु, त्यसखालको सपना नदेखेहुन्छ ।”
उनले माओवादी केन्द्रसँग तालमेलका लागि कुनैपनि प्रकारको सम्वाद नभएको स्पष्ट पारे ।
माओवादी केन्द्र र एमालेको बिचमा तालमेल गर्न एमाले अध्यक्ष केपी ओलीले आत्माआलोचना गर्नुपर्ने माओवादी केन्द्रका एक नेताको भनाई प्रति टिप्पणी गर्दै उनले सो कुरा हास्यास्पद भएको बताए ।
उनले भने, “नेकपा(एमाले)सँग माओवादी केन्द्रका कुनैपनि नेता, कार्यकर्ता वा सदस्यहरुका बिचमा औपचारिक वा अनौपचारिक रुपमा, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा, घोषित वा अघोषित रुपमा, दृश्य वा अदृश्य रुपमा कुनैपनि हिसाबका सम्वाद भएका छैनन् । सम्वाद गर्नुपर्ने आवश्यकता पनि छैन । र यो नेकपा(एमाले)सँग सम्वाद भइरहेको छ भनेर के उद्देश्यले भनिएको छ हामी अनुमान गर्न सक्छौँ । कुन बार्गेनिङका निम्ति यो अभिव्यक्ति आइरहेको छ हामी अनुमान गर्न सक्छौँ । म स्पष्ट गर्न चाहान्छु, माओवादी केन्द्रसँग नेकपा(एमाले)को कुनैपनि तहका नेता, कार्यकर्ताका बीचमा प्रत्यक्ष वा परोक्ष रुपमा कुनैपनि हिसाबले वार्ता भएको छैन । वार्ता गर्नुपर्ने आवश्यकता पनि छैन । र जहाँसम्म गठबन्धनको प्रश्न छ, नेकपा(एमाले)का अध्यक्षले आत्माआलोचना गर्नुपर्ने यो हास्यास्पद कुरा हो । कम्युनिष्ट पार्टीको सरकार ढालेर दक्षिणपन्थी गठबन्धन उहाँहरुले बनाइरहनु भएको छ । दुनियाँलाई थाहा छ हिजो उहाँहरुले कथित जनयुद्ध सुरु गर्दा त्यतिबेला पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । उहाँलाई ४० बुँदे ज्ञापन पत्र बुझाएर उहाँहरुले कथित जनयुद्ध सुरु गर्नुभएको थियो । आज फेरी कम्युनिष्ट पार्टीको सरकार ढालेर शेरबहादुर देउवाजीको नेतृत्वमा उहाँहरुले यो सरकार बनाइरहनु भएको छ र दक्षिणपन्थी गठबन्धन निर्माण गर्नुभएको छ । यसप्रति उहाँहरुलाई कुनै पश्चाताप छैन । यसप्रति उहाँहरुलाई कुनै ग्लानी छैन । कुनै लघुताभास छैन । अझै भन्दै हुनुहुन्छ कि एमालेको अध्यक्षले आत्माआलोचना गर्नुप¥यो । यो सम्पूर्ण रुपमा हास्यास्पद कुरा हो । नेकपा(एमाले)ले जनताको पक्षमा, राष्ट्रका पक्षमा दृढतापूर्वक उभिएको छ । एमालेको प्रमुख नेताको हिसाबले केपी शर्मा ओलीले यो युगिन र ऐतिहासिक महत्वका कामहरु गर्नुभएको छ । आफ्ना कामप्रति नेकपा(एमाले)लाई गर्व छ । नेकपा एमालेका अध्यक्षलाई गर्व छ । त्यसकारणले यो आत्माआलोचनाका हास्यास्पद कुरा गरिरहनु जरुरी छैन ।”
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












